बेलायतमा रोजगारीका लागि ४२ जना नर्स जाने

काठमाडौँ । बेलायतमा रोजगारीका लागि ४२ जना मात्रै नर्सहरू जाने भएका छन् । अन्तर्वार्ताबाट छनोटमा परेका ४५ जनामध्ये ४२ जनाको मात्रै वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको हो । बाँकी तीन जनाले ड्रप आउट गरेपछि ४२ जनाको मात्रै नाम सार्वजनिक गरिएको विभागले जनाएको छ ।
उनीहरूलाई फागुन ११ गतेदेखि निःशुल्क रूपमा पूर्व प्रस्थान अभिमुखीकरण तालिम दिइनेछ । त्यसका लागि भैसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा सम्पर्क गर्न विभागले आग्रह गरेको छ ।
प्रतिष्ठानबाट तालिमको कार्य सकिएपछि उनीहरूलाई बेलायत पठाउने कार्य अघि बढ्न विभागले जनाएको छ । विभागमा सूचना अधिकारी कविराज उप्रेतीले तालिमको काम सकिएपछि विभागले श्रम स्वीकृति उपलब्ध गराउने र त्यसपछि उनीहरूलाई बेलायत पठाइने बताए ।
बेलायत मार्चभित्रमा उनीहरूलाई लगिसक्ने बताएको छ । अहिले तालिमको प्रक्रियासँगै भिसाको प्रोसस पनि अघि बढेको उप्रेतीले बताए ।
नेपाल र बेलायत सरकारबिच सन् २०२२ को अगस्टमा एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । त्यसमा नेपालबाट नर्सहरूलाई बेलायतमा रोजगारीको अवसर दिने समझदारी भएको थियो । सोही आधारमा पाइलट प्रोजेक्टको रूपमा पहिलो चरणमा १०० जना नर्सका लागि आवेदन माग गरिएको थियो ।
विभागले ४ साउन २०८० मा आवेदन आह्वान गरेको थियो । आवेदन दिएकामध्ये ७१ जना अन्तरवार्ताको प्रारम्भिक सूचीमा परेका थिए । १८ देखि २१ मंसिरसम्म भएको अन्तर्वार्तामा ६० जनाको सहभागिता रहेको थियो । जसमा ४५ जना पास भएका थिए ।
उनीहरूको नेपालस्थित बेलायती दूतावासमा अन्तर्वार्ता लिइएको थियो । त्यसका लागि बेलायतस्थित ह्याम्पशायर हस्पिटल एनएचएस फाउण्डेशन ट्रष्टका नर्सहरूले आमने सामने अन्तर्वार्ता दिएका थिए । त्यहिबाट ४५ जना सफल घोषणा गरिएको थियो । एचएचएफटी यूके डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोस केयर (डीएचएससी) द्वारा छनोट गरिएको संस्था हो । अभिखुमीकरण तालिममा उनीहरूलाई मार्गदर्शन, यूकेमा काममा जानुअघि विभिन्न जानकारी दिइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन डढेलोमा संलग्नलाई बागमती सरकारले कारबाही गर्ने
-
युवामा रोजगारी सृजना अहिलेको मुख्य मुद्दा : गगन थापा
-
बार निर्वाचन अपडेट : ११६० मत गणना हुँदा क-कसको अग्रता ? (सूचीसहित)
-
योगासाना च्याम्पियनसिपमा नेपालले जित्यो दुई स्वर्णसहित ६ पदक
-
दुई अटो ट्रेडर्सलाई विभागको कारबाही, तीन वटाको कारबाही फुकुवा
-
काठमाडौंमा भोलि राप्रपा, शिक्षक र सहकारी पीडितले प्रदर्शन गर्दै, कहाँ-कहाँ हुँदैछ सवारी आवागमन प्रभावित ?