कञ्चनपुरमा सामाजिक विकास मन्त्री साउँदको पुत्ला जलाइयो
धनगढी । कञ्चनपुरस्थित विद्यार्थी संगठनहरुले सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदको पुत्ला जनाएका छन् ।
सामाजिक विकास मन्त्रालय तथा मन्त्रीका कारण कञ्चनपुरका राहुल नेपालीले चिकित्सा शिक्षा अध्ययन गर्न नपाएको आरोप लगाउँदै विद्यार्थीहरुले मंगलबार पुत्ला दहन गरेका हुन् ।
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य वासुदेव न्यौपानेले नेपाल चिकित्सा शिक्षा आयोगले कात्तिक १८ गते लिएको प्रवेश परीक्षामा राहुल नेपाली उत्तीर्ण भएका भएपनि सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका कारण भर्ना छुटेको बताए ।
विद्यार्थी संगठनहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा सुदूरपश्चिम सरकारले एमबीबीएस अध्ययनका लागि वितरण गर्दै आएको छात्रवृत्तिमा राहुलको नाम समावेश भएपनि मन्त्रालयको बेवास्ता र गैरजिम्मेवारीपनको कारण जारी गरेको अन्योलपूर्ण पत्रले भर्नाबाट अलग भएको दाबी गरेका छन् ।
उनीहरुले एमबीबीएस भर्नाको सुनिश्चितता नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतारा ढालेर थुपारिएको दाउरा महानगरले जफत गर्ने
-
इन्टरनेट सेवामा स्लो हुने समस्या, भएको के हो ?
-
१० बजे १० समाचार : माओवादीभित्र शक्ति संघर्षदेखि सपना देखाएर सर्वत्र ठगीसम्म
-
कुमारी सहकारीको डेढ अर्ब हिनामिना, पाँच जना पक्राउ
-
चाँदनीको हत्या प्रकरणमा आमा र बुवा पनि पक्राउ, ६ जनाविरुद्ध पाँच दिनको म्याद थप
-
केबलकार निर्माणको कार्यलाई स्थगन गरी निकास दिन राप्रपा नेपालको माग