बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उद्योग परिसंघले गर्‍यो चिनियाँ राजदूतसँग छलफल, लगानी सम्मेलनमा निम्ता

मङ्गलबार, ०१ फागुन २०८०, १६ : २७
मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौँ । नेपाल उद्योग परिसंघ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच लगानी एवं व्यावसायिक सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको छ ।  मंगलबार भएको छलफलमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले राजदूतमार्फत चिनियाँ लगानीकर्तालाई लगानी सम्मेलनमा निम्ता दिएका छन् ।

उनले पर्यटन, सूचना प्रविधि, जलविद्युत, कृषि, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा चिनियाँ लगानी तथा प्रविधि आकर्षित गर्न पहल गरिदिन आग्रह गरेका हुन् । सरकारले आगामी वैशाखमा गर्न लागेको लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ताको समूहलाई ल्याउन भूमिका खेल्न आग्रह गर्दै उनले नेपाल सरकारले लगानी आकर्षित गर्न विद्यमान कानुनहरूमा सुधार गर्न लागेको बताए ।

परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि कानुनमा गरिनुपर्ने सुधार सम्बन्धी अध्ययनसहित विस्तृत सुझाव सरकारलाई बुझाइसकेको छ । छलफलमा चिनियाँ राजदूत सोङले चीनले नेपालको समृद्धिका लागि उच्च प्राथमिकतामा राखेको बताए । उनले नेपालले तत्काल धेरै क्षेत्रमा लगानी गर्न नसक्ने भएकाले उच्च सम्भावना भएका निश्चित क्षेत्रहरू पहिचान गरी ती क्षेत्रको उत्पादन वृद्धिमा केन्द्रित गर्नुपर्ने बताए ।

त्यसका लागि चीन सहकार्य एवं सहयोग गर्न प्रतिबद्ध रहेको बताए । पर्यटनका लागि नेपाल उच्च सम्भावना भएको मुलुक भएकाले पर्यटक भित्र्याउन सोही अनुरुप पूर्वाधार तथा सेवाको स्तरोन्नती गर्नुपर्ने भन्दै उनले उर्जा, जडिबुटी, सूचना प्रविधि, कृषि, उत्पादनमुलक उद्योगलगायत लगानीको उपयुक्त क्षेत्र रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप