प्रचण्डद्वारा मस्यौदा विधान पेस, प्रत्यक्ष निर्वाचनमार्फत कमिटी चयन गर्ने प्रस्ताव

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचनमार्फत सबै कमिटीहरु निर्माण गर्ने प्रस्ताव गरेका छन् । मंगलबारदेखि राजधानीको प्रज्ञा भवनमा सुरु भएको माओवादी केन्द्रको विधान अधिवेशनमा मस्यौदा विधानबारे सामान्य ब्रिफिङ र मस्यौदा प्रस्ताव पेस गर्दै प्रचण्डले प्रत्यक्ष निर्वाचनमार्फत नै स्थानीय तहदेखि केन्द्रीय कमिटीसम्म चयन गर्ने विषय उठ्दै आएकाले यसबारे टुंगो लगाउने जिम्मा हललाई नै दिएको बताए ।
तर, अहिलेको परिस्थितिमा प्रत्यक्ष निर्वाचित कमिटी नै हितकर हुनसक्ने आफूलाई पनि लागेको प्रचण्डको भनाइ थियो । यसो भन्दै गर्दा जनवादी अभ्यास पनि भुल्न भने नहुने उनको भनाइ थियो ।
‘केन्द्रीय समिति र विभिन्न स्तरको समितिको निर्वाचन कसरी गर्ने र कस्तो अपनाउने भन्नेमा बहस चलेको छ’, प्रचण्डले अधिवेशनलाई सम्बोधन गर्दै भने, ‘अनुभवले के देखायो भने सबैस्तरको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नै गर्नुपर्छ । स्थानीय, प्रदेश र केन्द्रीय तहको पनि प्रत्यक्ष गर्नुपर्ने हुन्छ ।’ साथसाथै समावेशी प्रतिनिधित्व भने न्यायोचित हुनेगरी गर्नुपर्ने उनको भनाइ छ । यस्तै केन्द्रीय समिति निर्वाचित गरिसकेपछि पनि केही निश्चित प्रतिशत कोटा राख्ने कुरा आजै बसेको पदाधिकारी बैठकमा पनि भएको र सोअनुसार १० प्रतिशत सहवरणको प्रावधान राख्ने उनको प्रस्ताव थियो । यसबारे अन्तिम टुंगो लगाउने जिम्मा भने विधान अधिवेशन हललाई नै दिएको बताए ।
यस्तै केन्द्रीय समितिले पदाधिकारी चुन्ने पनि उनले प्रस्ताव गरे । प्रचण्डले जनवादी केन्द्रीयता कम्युनिस्ट पार्टीको संगठतात्मक सिद्धान्त भएको भन्दै जनवादी केन्द्रीयताको ब्याख्यामा अझ बढी स्पष्ट हुन जरुरी रहेको बताए । ‘यो ठुलो विषय छ । विचार र संस्कारसँग पनि सम्बन्धित कुरा हो’, उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते