थाइल्यान्डमा पूर्वप्रधानमन्त्री शिनावात्रा सजाय सकिनुअघि जेलबाट रिहा हुँदै

बैंकक । थाइल्यान्डमा जेल सजाय भोगिरहेका पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्रालाई छिट्टै रिहा गरिने भएको छ । शिनावात्रा जेल सजायमा माफी पाएर बाहिर आउन लागेको त्यहाँका न्यायमन्त्रीले बताएका हुन् ।
शिनावात्रा सन् २००१ देखि सन् २००६ को बिचमा थाइल्यान्डका प्रधानमन्त्री थिए । सोही वर्ष शिनावात्रा न्यूयोर्कमा रहँदा सेनाले कु गरेर उनलाई पदच्यूत गरिदियो ।
१५ वर्षसम्मको स्वघोषित निर्वासनपछि उनी गएको वर्ष अगष्ट २२ मा स्वदेश फर्किएका थिए । त्यसपछि उनमाथि शक्ति दुरुपयोग गरेको, भ्रष्टाचार गरेकोलगायत अभियोग चलाइयो । यी अभियोगमा उनी दोषी ठहर भए र ८ वर्षको जेल सजाय पाए । शाही माफी माग्दै शिनाबात्राले बिन्ती पत्र चढाएपछि जेल सजाय पाएको एक महिना नबित्दै थाईल्यान्डका राजाले उनको जेल सजाय ८ वर्षबाट घटाएर १ वर्षमा झारेका थिए ।
यो महिना जेलबाट परोलमा रिहा हुन लागेका ९३० बन्दीमध्ये शिनावात्रा पनि रहेको न्याय मन्त्रीले पुष्टि गरेका छन् । ७० वर्ष भन्दा बढी उमेर वा दीर्घ रोग भएको बन्दीहरुलाई परोलमा छाड्ने गरिएको छ । शिनावात्रा ७४ वर्षका भए । उनले आफ्नो आधा जेल सजाय कटाइसकेका छन् । शिनावात्रा थाइल्यान्डका सबैभन्दा विवादास्पद राजनीतिक नेता हुन् । शत्तामा रहँदा उनी त्यहाँका ग्रामीण र काम गर्ने उमेर समूहमाझ निकै चर्चित थिए । गएको २० वर्षयता थाइल्यान्डको राजनीतिमा कुनै न कुनै रुपमा शिनावात्रा हाबी रहँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मङ्गलवारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने
-
शिक्षकहरूले भोलिदेखि पार्टी कार्यालय घेराउ गर्ने
-
आर्मी क्लब र सुदूरपश्चिम प्रदेशको सजिलो जित, किरण ठगुन्नाको उत्कृष्ट शतक
-
कोटीहोम विवाद : पाँच सदस्यीय वार्ता टोली गठन गर्ने
-
अध्यक्ष दाहालले गरे ४ विधेयक प्रमाणित
-
पोल्यान्डका विदेशमन्त्रीलाई मस्कले भने- चुप लागेर बस फुच्चे