कांग्रेस स्वास्थ्य समन्वय उपसमितिमा ८ जना सदस्य चयन
मङ्गलबार, ०१ फागुन २०८०, १४ : १९

काठमाडौं । नेपाली कांग्रेसले महासमितिको बैठक तयारीका लागि स्वास्थ्य समन्वय उपसमिति सदस्य चयन गरेको छ । कांग्रेसको महासमिति बैठक आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ । त्यसका लागि कांग्रेसले यसअघि नै पार्टी केन्द्रीय सदस्य उर्मिला नेपाल केसीको संयोजकत्वमा स्वास्थ्य समन्वय उपसमिति गठन गरेको थियो ।
उक्त समितिको सदस्यमा प्रजातन्त्रवादी चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिलविक्रम कार्की, नेपाल लोकतान्त्रिक आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. वंशदीप शर्मा, नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे, डा. अबुल हुसेन अन्सारी, डा. विक्रान्त बस्नेत, धनप्रसाद पौडेल, दीपक मुडवरी र डा. सञ्जीवकुमार यादवलाई चयन गरेको हो । कांग्रेसले महासमिति तयारीका लागि गठित उपसमितिहरूलाई धमाधम पूर्णता दिइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाखमा ५ फिल्म : ऐतिहासिक ‘जार’देखि सामाजिक कथाको ‘झिल्को’सम्म
-
बागमतीका निलम्बित मेयर थापाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेसी आइतबार
-
विश्वप्रकाशको प्रश्न : सरकार सफल हुने भनेको मौन धारण गरेर हो ?
-
पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार : निलम्बनको सिफारिसमा को- को परे ? (सूचीसहित)
-
कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ, ९२ जना अधिकृत सहभागी
-
थुनामा रहेका भुटानी शरणार्थीलाई देश निकाला नगरी वैशाख ११ गते इजलासमा पेस गर्नू : सर्वोच्च अदालत