बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

भूल भुलैया ३ मा विद्यापछि अक्षय कुमारको पनि होला कमब्याक ?

मङ्गलबार, ०१ फागुन २०८०, १२ : ५२
मङ्गलबार, ०१ फागुन २०८०

नयाँ दिल्ली । कार्तिक आर्यन र कियारा आडवाणीको बहुप्रतिक्षित हरर कमेडी फिल्म भुल भुलैया ३ को यतिबेला निकै चर्चा भइरहेको छ । सन् २०२२ मा आएको भूल भुलैया २ ले बक्स अफिसमा धमाकादार कमाई गरेको थियो । मेकरहरुले यो फिल्मको तेस्रो पार्ट अर्थात् भुल भुलैया ३ मा काम सुरु गरिसकेका छन् ।

रोचक कुरा चाँहि के भने यस फिल्ममा विद्या बालनको एन्ट्री भएको छ । विद्याले पहिलो पार्टमा मञ्जुलिकाको भूमिका निभाएकी थिइन् । तेस्रो हिस्सामा विद्या मञ्जुलिकाकै भूमिकामा देखिनेछिन् । योसँगै फिल्ममा अक्षय कुमारको पनि कमब्याक होला त भन्ने जिज्ञाशा फ्यानहरुमा देखिन थालेको छ । पहिलो पार्टमा अक्षय कुमार लिड रोलमा देखिएका थिए । फिल्मका निर्देशक अनीस बज्मीले यसबारे मुख खोलेका छन् ।

जुम टिभीसँगको अन्तरवार्तामा अनीस बज्मीले अक्षय कुमार ‘भूल भुलैया ३’को हिस्सा नभएको बताए । उनले भने, ‘अहँ, भुल भुलैया ३ मा अक्षय कुमार हुनेछैनन् । म उनीसँग काम गर्न मरिहत्ते गरिरहेको छुँ, तर दुर्भाग्यवश मसँग यतिबेला उनीसँग काम गर्न सक्ने खालका कुनै स्क्रिप्ट छैन । भविष्यमा पक्कै पनि म उनीसँग काम गर्नेछु ।’ अक्षयले भनेका छन् ।

विद्या बालनले सन् २००७ मा रिलिज भएको ‘भूल भुलैया’ मा मञ्जुलिकाको भूमिका निभाएकी थिइन् । सोमबार कार्तिक आर्यनले आफ्नो इन्स्टा ह्यान्डलमा एक पोस्ट सेयर गर्दै ओरिजिनल मन्जुलिका ‘भूल भुलैया’को दुनियाँमा फर्किँदै छिन् भनेर भनेका थिए । विद्या बालनलाई स्वागत गर्न पाउँदा आफू निकै रोमाञ्चित भएको उनले बताएका थिए । फिल्ममा बाँकी स्टार काष्टको नाम खुलाइएको छैन । ‘भूल भुलैया ३’ यस वर्षको तिहारमा रिलिज हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप