केएल राहुल पनि तेस्रो टेस्टबाट बाहिरिए
मङ्गलबार, ०१ फागुन २०८०, १२ : २१

राजकोट । भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान केएल राहुल फिटनेस समस्याका कारण इंग्ल्याण्डविरुद्धको राजकोटमा हुने तेस्रो टेस्टबाट बाहिरिएका छन् । यो टेष्ट म्याच १५ फेब्रुअरीबाट सुरु हुँदैछ ।
उनको स्थानमा देवदत्त पडिक्कललाई टोलीमा समावेश गरिएको छ । बीसीसीआईले सोमबार यसको औपचारिक घोषणा गरेको हो । बीसीसीआईले केएल राहुल हाल ९० प्रतिशत म्याच फिटनेसमा पुगेको बताएको छ ।
उनले बीसीसीआईको मेडिकल निगरानीमा स्वास्थ्य लाभ गरिरहेका छन् । राहुल अहिले बेंगलुरुको राष्ट्रिय क्रिकेट एकेडेमीमा पुनर्वासमा छन् । पहिलो टेस्टपछि केएल राहुलले तिघ्रामा दुखेको गुनासो गरे ।
पहिलो टेस्टमा चोट लागेपछि राहुलले दोस्रो टेस्ट खेल्न पाएनन् । पहिलो टेष्टमा भारत २८ रनले पराजित भएको थियो भने दोस्रो टेस्टमा भारतीय टोली विजयी भएको थियो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहामा यौन दुर्व्यवहारपछि युवतीको मृत्यु भएको घटना छानबिन गर्न गृहमन्त्रीको निर्देशन
-
प्रचण्डद्वारा सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन
-
अम्पायरले किन सुनिल नारिनलाई उनको ब्याटले खेल्न दिएनन् ?
-
सुनको मूल्य २७०० रुपैयाँ बढ्यो, भाउ हालसम्मकै उच्च
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा प्रधानन्यायाधीशसहितको पूर्ण इजलासमा
-
मुग्लिङ–पोखरा सडक खण्ड विस्तार धमाधम (तस्बिरहरू)