सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

प्रज्ञा भवनमा माओवादीको पदाधिकारी बैठक : निर्वाचन प्रक्रियामा मतभेद

मङ्गलबार, ०१ फागुन २०८०, ११ : ३२
मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधान अधिवेशनमा पेस गर्ने प्रस्तावित मस्यौदा विधानमा सहमति जुटाउन पदाधिकारी बैठक राखेका छन् । अधिवेशन सुरु हुनुअघि प्रज्ञा भवन कमलादीमा बैठक बसिरहेको हो । 

पदाधिकारी बैठकले स्थायी समिति बैठकको म्यान्डेट, तल्ला कमिटीबाट आएको सुझावसहित परिमार्जन गरेर मस्यौदा अधिवेशनमा पेस गर्ने सचिव दिनानाथ शर्माले जानकारी दिए । माघ २६ र २७ गते बसेको केन्द्रीय कार्यालयको बैठकमा मस्यौदामाथि छलफल गरेर परिमार्जन गर्ने जिम्मा पदाधिकारीलाई दिएको थियो । परिमार्जनका लागि सोमबार बिहान र बेलुका बसेको बैठकमा अध्यक्ष प्रचण्डले सहमतिको प्रयास गरेका थिए । तर सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो ४ बजेदेखि दुई घण्टा बसेको बैठकमा पदाधिकारीहरूले आ–आफ्ना सुझाव दिएका थिए ।

समस्याको गाँठो प्रत्यक्ष निर्वाचित गर्ने कि आंशिक गर्ने भन्नेमा रहेको एक पदाधिकारीले जानकारी दिए । ‘मुख्य गाँठो प्रत्यक्ष निर्वाचित गर्ने कि आंशिक प्रत्यक्ष गर्ने भन्नेमा कुरा मिलेको छैन । केही साथीहरूले सबै पदमा प्रत्यक्ष निर्वाचित हुनुपर्छ अडान राख्नुभएको छ । कतिपयले सबै पदमा प्रत्यक्ष निर्वाचित सम्भव नभएको अडानमा राखेका छन् । यसै बिचबाट सहमति खोज्ने प्रयास भइरहेको छ’, ती नेताले भने ।

मस्यौदा समितिका सदस्य समेत रहेका  उपमहासचिव जनार्दन शर्माले पदाधिकारीसहित सबै समिति प्रत्यक्ष निर्वाचित हुनुपर्ने अडान कायमै राखेका छन् । संयोजक पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, सचिव गणेश साह लगायत नेताहरू आंशिक प्रत्यक्ष निर्वाचितको पक्षमा उभिएका छन् । 

माओवादीले आजबाट तीन दिन विधान अधिवेशन राखेको छ । १३ प्रतिनिधि सहभागी हुने अधिवेशनमा आगामी सांगठनिक संरचनाबारे बहस र छलफल गर्दै छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप