१ लाख एन्टर्क स्कुटर बिक्री गरेको अवसरमा टीभीएसको सेलेब्रेसन राइड

काठमाडौँ । टीभीएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले १ लाख एन्टर्क स्कुटर बिक्री गर्न सफल भएको उपलक्ष्यमा एनओजी राइड सफलतापूर्वक सम्पन्न गरेको छ । गत शनिबार आयोजना भएको उक्त एनओजी राइड टीभीएसको नक्साल शोरुमबाट सुरु भएर शिवपुरीको द ग्रीन भ्याली रिसोर्टमा पुगेर समापन भएको थियो ।
उक्त एनओजी राइडमा सहभागीहरू बिच विभिन्न गेमहरू पनि खेलाइएको थियो । साथै एनओजी राइडमा उपस्थित करिब १०० राइडरहरु माझ आफ्नो परिचय र अनुभव पनि आदानप्रदान गरिएको थियो । सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान पनि पनि प्रदान गरिएको थियो । साथै उक्त राइडमा स्कुटरहरू राखेर १ लाखको सुन्दर आकार पनि बनाइएको थियो ।
उक्त राइडमा हेड मार्सल गौरव पाठकले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए । साथै प्रोडक्ट हेड करुणा पुडासैनीले १ लाख सेलिब्रेसनको बारेमा जानकारी दिनुभएको थियो भने मार्केटिङ डेपुटी जिएम विक्रम पौडेल र सेल्स हेड आषिर श्रेष्ठले सहभागी ग्राहकहरूलाई स्वागत गरेका थिए ।
राइडको समापन १ लाख सेलेब्रेसनको केक काटेर गरिएको थियो । २०१८ मा नेपालमा लन्च भए लगत्तै नेपाली ग्राहकहरूमाझ लोकप्रिय नेपालको पहिलो स्पोर्टी स्मार्ट स्कुटर टीभीएस् एनटर्क १ लाख बिक्री भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–बग्गीमा पर्यटक सरर, तस्बिरहरू
-
कांग्रेस महाधिवेशन तोकिएको मिति भन्दा दायाँबायाँ गर्न मिल्दैन: अर्जुननरसिंह केसी
-
अमेरिकी सांसदले जेलेन्स्कीको राजीनामा मागेपछि...
-
दक्षिण कोरियामा बढ्दो अमेरिकी सैन्य गतिविधि देखेर भड्किइन् किमकी बहिनी
-
ऊर्जा मन्त्रालयले कुलमानलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने !
-
बार मतदाता नामावली विवाद : आन्दोलनरत पक्ष र समितिबिच वार्ता सुरु