स्थापना दिवसमा रुपा गाउँपालिकाको अध्यक्ष कप भलिबल, पुरस्कार डेढ लाख
मङ्गलबार, ०१ फागुन २०८०, ०९ : ५८

पोखरा । पालिका स्थापनाको अवसरमा कास्कीको रुपा गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ । २०७५ सालदेखि सुरु भएको प्रतियोगितालाई रुपाले निरन्तरता दिएको हो । प्रतियोगिता फागुन २४ देखि २७ गतेसम्म चल्ने छ ।
प्रतियोगिताका विजेताले डेढ लाख, दोस्रो हुनेले ८० हजार, तेस्रोलाई ४० हजार र सान्त्वना हुनेले २० हजार पुरस्कार पाउने छन् । वेस्ट प्लेयर ५ हजार, वेस्ट सर्भर, व्लकर, सेटर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई २-२ हजार पुरस्कार पाउने अध्यक्ष नवराज ओझाले जानकारी दिए ।
स्थापना दिवसको अवसरमा माला गाँस्ने प्रतियोगिता, झाँकी प्रतियोगिता पनि हुनेछ । झाँकी प्रदर्शनमा पहिलोले ३० हजार, दोस्रोले २० र तेस्रोले १० तथा सान्त्वना हुनेले ५ हजार पाउँछन् ।
माला गाँस्ने स्पर्धामा पहिलो हुनेले ६ हजार, दोस्रोलाई ४ र तेस्रोलाई २ हजार पुरस्कार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन