शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

इटालियन सिरी ए फुटबलमा उडिनेससँग युभेन्टस पराजित

मङ्गलबार, ०१ फागुन २०८०, ०७ : ४५
मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौँ । इटालियन सिरी ए फुटबलमा दोस्रो स्थानका युभेन्टस पराजित भएको छ । सोमबार राति भएको खेलमा युभेन्टस १५ औँ स्थानमा उडिनेससँग १–० गोल अन्तरले पराजित भएको हो ।

उडिनेसभन्दा युभेन्टसले बल नियन्त्रण बढी गरे पनि गोल गर्न असफल भयो । ३० औँ मिनेटमा उडिनेसका लागि लाउतारो गेनेटीले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो । एलेक्स सान्ड्रोले गरेको फ्रिकिकलाई क्लोज रेन्जमा रहेका लाउतारोले गोलमा परिणत गरेका थिए । 

सोही गोलको अग्रता अन्तिमसम्म जोगाउँदै उडिनेसले महत्वपूर्ण तीन अंक लिन सफल भयो । पराजित भएको युभेन्टस २४ खेलबाट ५३ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने उडिनेस २४ खेलबाट २२ अंकका साथ तालिकाको १५ औँ स्थानमा उक्लिएको छ । सिरी एमा इन्टर मिलान २३ खेलबाट ६० अंकका साथ शीर्ष स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप