स्वास्थ्य मन्त्रालयले गर्यो २१ प्रतिशत बजेट खर्च
![स्वास्थ्य मन्त्रालयले गर्यो २१ प्रतिशत बजेट खर्च](https://npcdn.ratopati.com/media/news/health-ministry--swasthya-m_rhv84rb7de_zgzduuduz9_km6DAgKW1A.jpg)
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २१ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक समीक्षामा स्वास्थ्य मन्त्रालयको कुल बजेट ४८ अर्ब ५४ करोड ९८ लाखबाट रुपैयाँबाट १० अर्ब ६२ करोड ३ लाख रुपैयाँ खर्च भएको हो ।
सरकारले आगामी पाँच वर्षका लागि चिकित्सा क्षेत्रका विभिन्न विधामा मुलुकलाई आवश्यक पर्ने जनशक्तिको आँकलन गरी चिकित्सा शिक्षा आयोगमा सिफारिस गरिएको उल्लेख गरेको छ ।
स्वदेशमा उत्पादन हुने आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक औषधि तथा स्वास्थ्यजन्य सामग्रीको सूची तयार भएको अर्धवार्षिक समीक्षामा उल्लेख छ ।
विशिष्टिकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउने उद्देश्य अनुरूप यस अवधिमा विभिन्न सरकारी अस्पतालबाट अन्तरंगतर्फ २८६ वटा मुटुको, ३२४ वटा फोक्सोको, ७८८ वटा रक्तनलीको शल्यक्रिया तथा १ हजार ३९८ वटा क्याथल्याब सेवा प्रवाह भएको जनाएको छ ।
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आवश्यक अत्याधुनिक ब्लड बैङ्क उपकरण खरिद गरी सेवा सञ्चालन प्रारम्भ भएको जनाकारी गराएको छ ।
ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, हरिवन, लालवन्दी, मलंगवा, ईश्वरपुर, परोहा, चन्द्रपुर, औरही रम्भा गाउँपालिका र रामपुर नगरपालिकामा एचपीभी/डिएनए विधिबाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सुरुवात गरिएको अर्धवार्षिक समीक्षामा उल्लेख छ ।
आयुर्वेद तथा योगको माध्यमबाट स्वस्थ जीवन शैली प्रवर्द्धन गर्दै नसर्ने रोग न्युनीकरणको लागि नागरिक आरोग्य अभियान ७५ वटा स्थानीय तहमा सञ्चालन गरिएको जनाएको छ ।
पाँच दश र पन्ध्र शय्याका १०० आधारभूत अस्पतालको लागि औजार तथा उपकरण, रेडियो इमेजिङका उपकरणको आवश्यकता पहिचान तथा स्पेशिफिकेशन तयार गरी बोलपत्र स्वीकृत र खरिद सम्झौता भइसकेको जनाएको छ ।
७० वर्षमाथिका क्यान्सर पीडित ज्येष्ठ नागरिकलाई निःशुल्क रेडियसन र सर्जरी सेवा ४७ जना, क्यान्सर रजिष्ट्रि कार्यक्रम अन्तर्गत ४० जना क्यान्सर बिरामीको निःशुल्क सर्जरी र १५ वर्ष मुनिका ५० जना क्यान्सर पीडित बालबालिकालाई निःशुल्क उपचार गरिएको उल्लेख छ ।
केन्द्रीकृत डाटाबेस सहितको राष्ट्रिय एम्बुलेन्स सेवाको लागि सफ्टवायर र मोबाइल अपिलिकेशन तयार भएको जनाएको छ ।
समीक्षा अवधिमा पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणको लागि खोप अभियान तथा नियमित खोपमा खोप सुरुवात सम्बन्धी कार्य सञ्चालन निर्देशिका, २०८० स्वीकृत भएको छ ।
स्वास्थ्य बीमा ऐन, २०७४ संशोधन विधेयकको मस्यौदा र आरआरटी तथा आपत्कालीन चिकित्सकीय समूह परिचालन निर्देशिका एइएफआइको क्षतिपूर्ति पुस्तिकाको मस्यौदा तयार भएको अर्धवार्षिक समीक्षामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायातबाट प्राप्त हुने उपलब्धिलाई आर्थिक विकाससँग जोड्न जरुरी छ : मन्त्री दाहाल
-
प्रभावित क्षेत्रमा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले गर्यो १७ करोड खर्च
-
रवि लामिछाने कहिले फर्किन्छन् पार्टी जिम्मेवारीमा ?
-
प्रादेशिक आमसञ्चार विधेयक सहमति मै पारित हुन्छ : मुख्यमन्त्री कार्की
-
आफैले उठाएको ‘डमी’ उम्मेदवारसँग चुनाव हारे रुसका मेयर
-
लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीसहित अन्तरप्रदेश समन्वय बैठक बस्दै