परराष्ट्रको खर्च प्रतिशतमा सबैभन्दा बढी, अर्थ मन्त्रालयको बिजोग (सूचीसहित)
![परराष्ट्रको खर्च प्रतिशतमा सबैभन्दा बढी, अर्थ मन्त्रालयको बिजोग (सूचीसहित)](https://npcdn.ratopati.com/media/news/mm_7ivdioTAkj.jpg)
काठमाडौँ। चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा बजेट खर्च गर्नमा अर्थ मन्त्रालय सबैभन्दा पछाडि परेको छ । सोमबार सार्वजनिक भएको चालू वर्षको बजेटको मूल्याङ्कन प्रतिवेदनअनुसार स्वयम् अर्थ मन्त्रालयले नै लक्ष्यअनुरूप पर्याप्त बजेट खर्च गर्न नसकेको हो ।
साउनदेखि पुस मसान्तसम्मको अवधिमा अर्थ मन्त्रालयले चालू वर्षका लागि विनियोजित बजेटको ९.९० प्रतिशत मात्रै खर्च गर्न सकेको छ । चालू वर्षका लागि अर्थ मन्त्रालयले आफूलाई ४१ अर्ब ७ करोड ३६ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
यसमध्ये ९.९० प्रतिशत अर्थात् ४ अर्ब ६ करोड ४४ लाख रुपैयाँ मात्रै बजेट खर्च गर्न सकेको हो । अर्थमन्त्री डा. प्रकाश शरण महतले कार्यभार सम्हाल्दै खर्च मितव्ययिता अपनाउने घोषणा गरेका थिए । उनले आर्थिक समस्यालाई कारण देखाउँदै सबैजसो खर्च कटौती गर्ने र मितव्ययिता अपनाउने घोषणा गरेका थिए ।
अर्थ मन्त्रालयले नै सार्वजनिक गरेको अर्धवार्षिक बजेट मूल्यांकनअनुसार सोही मन्त्रालयको न्यून खर्च भएको हो । पुस मसान्तसम्मको अवधिमा सबै मन्त्रालयले गरी कूल विनियोजित बजेटको ३१.०५ प्रतिशत मात्रै बजेट खर्च भएको तथ्याङ्कले देखाएको छ ।
चालू वर्षका लागि सबै २२ वटा मन्त्रालयका लागि भनेर अर्थ मन्त्रालयले ७ अर्ब ३९ अर्ब १० करोड ९६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसमध्ये अर्धवार्षिक समीक्षासम्मको अवधिमा २ खर्ब २९ अर्ब ४७ करोड ८२ लाख रुपैयाँ मात्रै खर्च भएको तथ्याङ्क छ ।
परराष्ट्रले गर्यो सबैभन्दा धेरै बजेट खर्च
अर्धवार्षिक समीक्षासम्मको अवधिमा परराष्ट्र मन्त्रालयले विनियोजित बजेटको ८० प्रतिशत खर्च गरेको तथ्याङ्क छ । यो वर्षका लागि रक्षा मन्त्रालयले ७ अर्ब ११ करोड २० लाख रुपैयाँ बजेट पाएको थियो । जसमध्ये ५ अर्ब ७१ करोड ३९ लाख रुपैयाँ खर्च गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
यसपछि, ६ महिनासम्मको अवधिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबैभन्दा दोस्रो धेरै बजेट खर्च गरेको छ । यो मन्त्रालयले चालू वर्षका लागि भनेर ५६ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ बजेट पाएको थियो । यसमध्ये २८ अर्ब १८ करोड २८ लाख रुपैयाँ खर्च गरेको छ । यो विनियोजित बजेटको ४९.६३ प्रतिशत खर्च हो ।
यसपछि, रक्षा मन्त्रालयले विनियोजित बजेटको ४६.६३ प्रतिशत बजेट खर्च गरेको छ । यो वर्ष रक्षा मन्त्रालयले ५८ अर्ब ८४ करोड ४६ लाख रुपैयाँ बजेट पाएको थियो । यसमध्ये २७ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ खर्च भएको हो ।
यस्तै, गृह मन्त्रालयले ४०.८१ प्रतिशत बजेट खर्च गर्दा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ३४.८८ प्रतिशत बजेट खर्च गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरामा केबलकार बनाउने कुरा शान्तिपूर्ण संवादबाट टुंग्याउनुपर्छ : सांसद महत
-
नेपाली एकल महिलाको मुद्दा राष्ट्रसङ्घीय ‘सिड’ कमिटीमा प्रवेश
-
फोन सफा गर्न स्यानिटाइजर प्रयोग गर्नु हुन्छ ?
-
प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबिच भर्चुअल बैठक
-
सरकारले गठन गरेको वार्ता समितिसँग मुक्कुमलुङ संरक्षण समितिले वार्ता नगर्ने
-
टुङ्गरम इन्टरनेशनल एकेडेमीको जाहेरी तान्ने सीआईबीमाथि उच्च अदालतको प्रश्न