वर्षाले दुबईका सडक जलमग्न, विद्यालय बन्द

आबु धाबी । सोमबार बिहान दुबई र आबुधाबीका बासिन्दाहरु उठ्दा स्थिति फरक थियो । बिजुली चम्किरहेको थियो, मेघगर्जन त्यसमाथि मुसलधारे वर्षा । झिसमिसे बिहान अघि नै आबुधाबीको सडक असिनाले ढाकिएको थियो ।
त्यहाँको मौसम विभागले बिहान ६ बजेदेखि रातिसम्मै भारी वर्षा हुन सक्ने भन्दै रेड अलर्ट जारी गरेको थियो । संयुक्त अरब इमिरेट्स (यूएई)को मन्त्रीपरिषद्ले रिमोट वर्कको घोषणा गरेको थियो भने शैक्षिक संस्था र सरकारी निकायहरुमा पनि रिमोट लर्निङको व्यवस्था गरेको थियो । सडक जलमग्न बनेको अनि चिप्लो भएको भन्दै ठाउँठाउँमा चेतावनी नै राखिएको सञ्चार माध्यमहरुमा सार्वजनिक तस्बिरहरुले देखाएका छन् ।
चिप्लो सडक र कम भिजिबिलिटीका कारण सवारी साधन चलाउनै समस्या भइरहेको थियो । निरन्तरको वर्षाका कारण सडकमा सवारी आवागमन प्रभावित हुँदा सवारी साधनहरु लामो जाममा फसेका देखिन्थे । आबुधाबीका सात ओटै इमिरेट्सका वर्षा प्रभावित क्षेत्रमा सडक मोटरचालकहरुका लागि कयौं सुरक्षा एड्भाइजरी जारी गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीको दिन के गर्दैछन् नेताहरू ?
-
चैत महिनाका लागि एक दर्जन बैंकले गरे ब्याजदर घटबढ
-
चालकले लागु पदार्थ सेवन गरेको जाँच गर्न इन्स्पेक्टरको नेतृत्वमा टोली परिचालन
-
होलीलाई सुरक्षित बनाउन रौतहटमा ५१३ प्रहरी परिचालन गरिने
-
ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा १५० सवारी साधन होल्ड
-
‘पञ्चायत’ का सफल अभिनेतालाई काम पाउनै सकस