जुत्ता प्रहारको विषयमा दुर्गेशले किन लगाए पल शाहलाई दोष ?

काठमाडौँ । गायक दुर्गेश थापाले आफूमाथि स्टेजमै जुत्ता प्रहार हुनुको दोष अभिनेता पल शाहमाथि थोपारेका छन् । उनले रातोपाटीसँग कुरा गर्दै पल शाहको गल्तीको परिणाम आफूले भोग्नु परेको दाबी गरे ।
‘पल शाहको काण्डको कारण ममाथि जुत्ता प्रहार भएको हो । पलको विषयमा म दोषी छैन’, दुर्गेशले भने, ‘त्यही कुरा पलबाट क्लियर गराउन खोजेको छु । पल शाह मसँग भागेर हिँडेका छन् ।’ आफूले फसाएको हो वा होइन भनेर मिडियाको अगाडि सँगै भनौँ भन्दा पल भागेर हिँडेको दुर्गेशको आरोप छ ,
‘मलाई दुर्गेशले फसायो भनेर पलले भनेका छन् । त्यो कुरो मिडियाको अगाडि फेस गरेर भनौँ भन्दा डराउँछन्’, दुर्गेशले थपे, ‘मसँग पनि भागेर हिँडेको छ । ऊ झुटो होइन र डर छैन भने मसँग किन भाग्नु पर्यो ?’
कार्यक्रममा समेत दुर्गेश छ कि छैन यकिन गरेर मात्र पल सहभागी हुने गरेको उनको दाबी छ ।
‘मैले फसाएको भनेर बाहिर आएको यतिका समय भयो । मलाई किन मुद्दा हाल्न सक्दैन ? भागेर हिँड्छ त ?’, दुर्गेशले थपे, ‘पक्राउ पर्नु अगाडि ४ दिन लुकेर हाम्रो क्यारिकेचर गरेर अडियो सार्वजनिक गरेको हो ।’
दुर्गेशमाथि शनिवार स्याङ्जामा आयोजित वालिङ महोत्सवमा प्रस्तुति दिने क्रममा एक युवकले जुत्ता प्रहार गरेका थिए । जुत्ता प्रहारले आफ्नो सांगीतिका यात्रामा कुनै विचलन नआउने समेत दुर्गेशले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाल र म्यानमारबिच आज उपाधि भिडन्त
-
पशुपतिनाथ क्षेत्रमा ४ हजार प्रहरी परिचालन, कहाँ–कहाँ छ पार्किङ सुविधा ?
-
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
-
पर्वहरूले राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर्याएका छन् : सभापति देउवा
-
‘महाशिवरात्रि पर्वले नेपालीबिच आपसी सद्भाव बलियो बनाउँछः सभामुख घिमिरे
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना