विराटनगर महानगरबाट वैदेशिक रोजगारीको श्रम स्वीकृति दिन सुरु

विराटनगर । विराटनगर महानगरपालिकाबाट सोमबारदेखि वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा सुरु भएको छ । महानगरकी उपमेयर शिल्पा निराला कार्कीले विराटनगर–२ का नरेश राय अमातलाई श्रम स्वीकृतिको पत्र दिएर सेवाको शुभारम्भ गरिन् ।
वैदेशिक रोजगार ऐन २०७४ तथा वैदेशिक रोजगार नियमावली २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित र भरपर्दो तथा सहज बनाउन नेपाल सरकारले स्थानीय तहबाटै श्रम स्वीकृति दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार विराटनगर महानगरपालिकाबाट व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा सुरु गरिएको महानगरको रोजगार शाखाका इन्जिनियर कपिल थापाले जानकारी दिए ।
२०७९ चैत १६ गतेको नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार स्थानीय तहको रोजगार शाखाबाट सेवा प्रवाह गर्ने कार्य सुरु गरिएको उपमेयर कार्कीले बताइन् । स्थानीय तहबाट श्रम स्वीकृति सुरु भएसँगै वैदेशिक रोजगारीमा जानेहरूका लागि सहज भएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
-
डिभोर्सको विषय बाहिरिएपछि सुटुक्क अमेरिका उडिन् अरुणिमा
-
अर्घाखाँचीका किसानलाई मौरी वितरण
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा १४ अर्ब भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिको निष्कर्ष
-
छोरीको हुनेवाला श्रीमानसँग भागेकी महिला थानामा
-
काठमाडौँमा थाल ठटाउँदै अर्धनग्न प्रदर्शन (तस्बिरहरू)