अर्थतन्त्रका सबै सूचक सुधारतर्फ उन्मुख रहेको अर्थमन्त्रीको दाबी
![अर्थतन्त्रका सबै सूचक सुधारतर्फ उन्मुख रहेको अर्थमन्त्रीको दाबी](https://npcdn.ratopati.com/media/news/ardha-barshik_hMFCs4LhME.jpg)
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारात्मक स्थितिमा रहेको बताएका छन् । आज अर्थ मन्त्रालयमा आयोजित चालू वर्षको बजेटको अर्धवार्षिक समीक्षामा बोल्दै उनले अर्थतन्त्रमा सुधारको स्थिति आएको बताएका हुन् ।
अर्थमन्त्री महतले बैंकको ब्याजदर घट्दो अवस्थामा रहेको बताए । यस्तै, रेमिट्यान्सको बढ्दो क्रम र विदेशी पर्यटकको आगमनले समेत देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताए । ‘यो सुधारको सङ्केत हो । गत वर्षको तुलनामा हामी धेरै नै माथि पुगेका छौँ,’ अर्थमन्त्री महतले भने, ‘अर्थतन्त्रमा देखिएको सुधारको गति सुखद हो ।’
यस्तै, कर्जा प्रवाहमा समेत उल्लेख्य सुधार आइरहेको उनको भनाई छ । ‘कर्जा प्रवाह हुन नसक्दा हामी सबैको चिन्ताको विषय थियो,’ उनले भने, ‘अहिले कर्जा प्रवाह २ प्रतिशतभन्दा धेरैले बढेको छ । अब अर्थतन्त्रमा बिस्तारै लय आइरहेको छ ।’ जग्गा र सेयर बजारमा अत्यधिक लगानी हुँदा बजारमा माग बढ्न नसकेको उनको विश्लेषण छ । यद्यपि, पछिल्लो समय कर्जा प्रवाह बढ्न थालेको र यसको मुख्य कारण ब्याजदर घट्नु नै रहेको अर्थमन्त्रीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरामा केबलकार बनाउने कुरा शान्तिपूर्ण संवादबाट टुंग्याउनुपर्छ : सांसद महत
-
नेपाली एकल महिलाको मुद्दा राष्ट्रसङ्घीय ‘सिड’ कमिटीमा प्रवेश
-
फोन सफा गर्न स्यानिटाइजर प्रयोग गर्नु हुन्छ ?
-
प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबिच भर्चुअल बैठक
-
सरकारले गठन गरेको वार्ता समितिसँग मुक्कुमलुङ संरक्षण समितिले वार्ता नगर्ने
-
टुङ्गरम इन्टरनेशनल एकेडेमीको जाहेरी तान्ने सीआईबीमाथि उच्च अदालतको प्रश्न