प्रेमको चर्चाबारे मिस पविले भनिन्–बिजनेस प्रमोसनमा भिडियो बनाएको हो

काठमाडौँ । टिकटकबाट मिस पविको रुपमा चर्चित मोडल पवित्रा साँखी पछिल्लो समय प्रेमका कारणले चर्चामा छिन् । केही अगाडि अष्ट्रेलिया पुगेकी मिस पविले त्यहाँ बस्दै आएका विष्णु सापकोटासँग विभिन्न रोमान्टिक गीतमा भिडियो बनाइरहेकी छन् ।
सामाजिक प्रयोगकर्ताले यी दुबैबिच प्रेम रहेको भन्दै भिडियो शेयर गरिरहेका छन् । विष्णु सापकोटासँगको प्रेमको विषयमा मिस पविले सामाजिक सञ्जाल मार्फत स्पष्टीकरण दिँदै सापकोटासँग बिजनेस सिलसिलामा भेटेको बताएकी छन् ।
‘वास्तविक कुरा म आफ्नो बुबालाई भेट्न र सोही सिलसिलामा एउटा फिल्म सुटिङको लागि आजभोलि अस्ट्रेलियाको सिड्नी सहरमा छु । यसकै सिलसिलामा विष्णु सापकोटा लगायतको टिमसँग भेट भएको थियो’, उनले अगाडि भनेकी छन् ,‘एउटा बिजनेस प्रमोसनको सिलसिलामा भिडियो बनाउनका लागि त्यहाँ मलाई बोलाइएको र सोही सिलसिलामा भिडियो खिचाएको हो खिचिएको भिडियोलाई लिएर नेपाली मिडियाहरुले झुट र भ्रामक समाचार प्रकाशन÷प्रसारण गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’ उनले सत्यतथ्य नबुझी झुट र भ्रामक तरिकाबाट आफ्नो चरित्र हत्या भएको समेत बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वायु प्रदूषणका कारण उडानहरू प्रभावित
-
ट्रम्पको ट्यारिफको काउन्टर गर्न सक्छ नेपाल ?
-
प्रधानमन्त्री ओलीले आज मधेस प्रदेशसभालाई सम्बोधन गर्दै
-
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नाम फेरि परिवर्तन गर्न प्रस्ताव
-
पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार
-
बल्खुको प्रदर्शनलाई शान्तिपूर्ण बनाउने चुनौतीमा राप्रपा