आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट

नेपालको ३५ ओभरमा १ विकेट गुमाएर १७० रन

सोमबार, २९ माघ २०८०, १५ : २४
सोमबार, २९ माघ २०८०

काठमाडौँ । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार क्यानडाले दिएको दुई सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ३५ ओभरको खेल सकिँदासम्म एक विकेट गुमाएर एक सय ७० रन बनाएको छ ।

नेपालका लागि ओपनर ब्याट्सम्यान अनिल शाह ८१ र तेस्रो नम्बरका ब्याट्सम्यान भीम सार्की ६८ रन बनाउँदै क्रिजमा छन् । नेपाललाई जितका लागि ९० बलमा ६३ रन आवश्यक छ ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी १४ बलमा तीन चौकाको मद्दतले १३ रन बनाउँदै आउट भएका थिए । उनलाई क्यानडाका बलर डिल्लन हेलिगरले बोल्ड गरेका थिए । ४.५ ओभरमा उनी आउट हुँदा नेपालले ४५ रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप