कवाड व्यवसायीको माग : निर्वाध व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ
काठमाडौं । कवाड व्यवसायी समाजले काठमाडौं महानगरपालिकाभित्र दर्ता व्यवसाय हटाउन भन्दै वडा कार्यालयले पठाएको पत्रप्रति आपत्ति जनाएको छ । समाजले विज्ञप्ती जारी गर्दै महानगरपालिकाभित्रका विभिन्न वडा कार्यालयहरुले कवाडी व्यवसायदर्ता नविकरण नगरिदिएको र व्यवसाय हटाउन भन्दै पत्रचार गरेको बताएको हो ।
अध्यक्ष रामकेवल गुप्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महानगरका विभिन्न वडा कार्यालयहरुवाट कवाडी हटाउने सम्बन्धमा पत्रहरु प्राप्त भएको हुदा यस विषयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । काठमाडौं महानगरपालिकाको रिङरोड भित्रका कवाडी व्यवसाय हटाउने नीतिका विरुद्ध र यस महानगरपालिका भित्रका विभिन्न वडा कार्यालयहरुले कवाडी व्यवसायदर्ता नविकरण नगरिरहेको विषयमा हाम्रो घोर आपत्ती रहेको छ ।’आफूहरुले प्रचलित कानूनबमोजिम दर्ता गरेर सरकारलाई तिर्नुपर्ने करसमेत तिर्दै आएको र कानुनबमोजिम दर्ता गरेर व्यवसाय गर्दै आएका व्यवसायीलाई निर्वाध रुपमा व्यवसाय संचालन गर्न दिनुपर्ने अध्यक्ष गुप्ताको अनुरोध छ ।
समाजले देशमा सञ्चालित उद्योगहरुलाई चाहिने पुनः प्रयोग गर्न मिल्ने सामग्रीको ७० प्रतिशत समानको कवाडी व्यवसायीले सप्लाइ गरिरहेको दाबीपनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजबाट चिसो र शीतलहर बढ्ने, सतर्क रहन प्राधिकरणको अनुरोध
-
राजनैतिक दलको विचार र अडानलाई सांसदले बोक्नुपर्छ : योगेश भट्टराई
-
मनमोहन सिंहको निधनमा भारतले साताव्यापी राष्ट्रिय शोक मनाउने
-
बक्सिङ डे टेस्टमा अस्ट्रेलिया बलियो स्थितिमा, भारतीय खेलाडीको हातमा कालो पट्टी
-
रुख कटानको अनुमतिसँगै सदरमुकाम निर्माणको बाटो खुल्यो
-
आचारसंहिता मिच्ने थप २ सञ्चारमाध्यम कालोसूचीमा