गोरखामा पनि देखियो ‘अफ्रिकन स्वाइन फिभर’ रोग
सोमबार, २९ माघ २०८०, १३ : ४९
![गोरखामा पनि देखियो ‘अफ्रिकन स्वाइन फिभर’ रोग](https://rpcdn.ratopati.com/archived-media/pig.gif)
काठमाडौँ । गोरखामा पनि ‘अफ्रिकन स्वाइन फिभर’ रोग पुष्टि भएको छ । पशु सेवा विभागकाअनुसार गोरखा जिल्लाका बंगुरमा पनि ‘अफ्रिकन स्वाइन फिभर’ रोग पुष्टि भएको हो । योसँगै देशभर ६ वटा जिल्लामा यो रोग पुष्टि भएको हो ।
काठमाडौँ, ललितपुर, तनहुँ, लमजुङ, कास्की र गोरखा जिल्लामा ‘अफ्रिकन स्वाइन फिभर’ रोग पुष्टि भएको छ । विभागका अनुसार ‘अफ्रिकन स्वाइन फिभर’ रोग रोग बङ्गुर, सुँगुर र बँदेल लगायतका जनावरमा भाइरसबाट लाग्ने महामारी रोग हो । यो रोग हाल ६ जिल्लामा पुष्टि भएको छ ।
रोगको सर्भिलेन्सको निरन्तरताकै क्रममा हाल तनहुँ, लमजुङ, कास्की, काठमाडौँ, ललितपुर र गोरखा जिल्लामा यो रोग पुष्टि भएको सरकारी निकायले जनाएको छ । नेपालमा यो रोग पहिलो पटक २०७९ साल जेठ २ गते पुष्टि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवा सङ्घ नेपालको महाधिवेशन वैशाखमा
-
५ रुपैयाँ जरिवाना भएकासहितका ९ जना फरार प्रतिवादी पक्राउ
-
अनुमान गरिएभन्दा छिटै सुनिता र बुचलाई पृथ्वीमा फर्काउँदैछ नासा
-
स्कटल्यान्डमा ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ हुने
-
गुगल म्यापमा आउन थाल्यो ‘गल्फ अफ अमेरिका’
-
यातायातबाट प्राप्त हुने उपलब्धिलाई आर्थिक विकाससँग जोड्न जरुरी छ : मन्त्री दाहाल