यस्तो छ फिल्म ‘रङ्गेली’ को दोस्रो गीत ‘दुल्हा दुल्हन’

काठमाडौँ । फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘रङ्गेली’ को दोस्रो गीत ‘दुल्हा दुल्हन’ सार्वजनिक भएको छ । विवाह गीतको रूपमा तयार पारिएको गीतमा निशान भट्टराईको स्वर, सविन एकतारेका शब्द र सुशान्त गौतमको संङ्गीत छ ।
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको विवाह समारोहमा भएको सांगीतिक कार्यक्रमको पृष्ठभूमिमा तयार गीतको भिडियोमा अभिनेता विजय बराललाई प्रमुख स्थान दिइएको छ । बराल भिडियोमा ‘कमेडी’ शैलीमा प्रस्तुत भएका छन् । ‘रङ्गेली’लाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको अभिनय छ ।
फिल्मका कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाँकार सुशन प्रजापति रहेका छन् ।
अमेरिकामा रेड कार्पेट प्रिमियर हुने बताइएको फिल्ममा नेपालसँगै अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा