बाल संगठनको जग्गा फिर्ता गर्न विशाल ग्रुपलाई चेतावनी
काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले नेपाल बाल संगठनको जग्गा तत्काल फिर्ता गर्न व्यापारिक घरना विशाल ग्रुपलाई चेतावनी दिएको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट उक्त विद्यार्थी संगठनका संयोजक उषकिरण आजादले सोमबार विज्ञप्ति निकाल्दै यस्तो चेतावनी दिएका हुन् ।
उक्त विद्यार्थी संगठनले विशाल ग्रूपले बालमन्दिरको जग्गामा वृहस्पति विद्या सदन खडा गरेर विवादास्पद स्कुलका रूपमा रहेको राई स्कुललाई समेत गैरकानुनी रूपमा भाडामा लगाएको दावी गरेको छ । ‘अनाथ बालबालिकाहरुका लागि बनाइएको नेपाल बाल संगठनको जग्गा समेत हडपेर खाने भनेको देश र जनतामाथिको गद्दारी हो । यो अक्षम्य अपराध हो’, विज्ञप्तिमा भनिएको छ, ‘विशाल ग्रुपलाई कुनैपनि बाहनामा नजोगाउन विदेशी र नेपालका दलालहरूको कठपुतली प्रचण्ड सरकालाई चेतावनी दिन चाहन्छौं ।’
संगठनले आफ्नो चेतावनीलाई बेवास्ता गरे शैक्षिक माफियाहरुको लुटको स्वर्ग ध्वस्त पार्ने र त्यसको जिम्मा बिशाल ग्रुपले नै लिनुपर्ने जनाएको छ । ‘नेपाली जनताको रगत पसिनामाथि लुट मच्चाउने र सार्वजनिक जमिन कब्जा गरि निजी सम्पत्तिका मालिक बन्ने विशाल ग्रुपलाई बालमन्दिरको जग्गा तत्काल फिर्ता गर्न चेतावनी सहित शैक्षिक माफियाहरूको लुटको स्वर्ग ध्वस्त पारिने र त्यसको जिम्मा स्वयं विशाल ग्रुप नै हुनुपर्ने छ’, विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरले जितेपछि पुबुदुले भने– मेरा लागि ललित राजवंशी उत्कृष्ट खेलाडी
-
एनपीएलमा हारेपछि सुदूरपश्चिमका प्रशिक्षक टमटाले के भने ?
-
विदेशमा रहेका नेपालीको समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्छ : शर्मा
-
आँधीका कारण मोजाम्बिकमा ७६ जनाको मृत्यु
-
१० बजे, १० समाचार : सकियो एनपीएल, साइबर ब्युरो पुगिन् समीक्षा
-
गाउँमै नागरिकता पाएपछि खुसी