बजेट कार्यान्वयनको अर्धवार्षिक समीक्षा गर्दै सरकार

काठमाडौँ । सरकारले आज चालु आर्थिक वर्षको बजेट कार्यान्वयन खर्च तथा आम्दानीको अर्धवार्षिक समीक्षा गर्ने भएको छ । अर्थमन्त्रालयले सोमबार दिउँसो ३ः३० बजे समीक्षा रिपोर्ट (प्रतिवेदन) सार्वजनिक गर्ने गरी पत्रकार सम्मलेन राखेको छ ।
साउनदेखि पुस मसान्तसम्मको सरकारी आय व्ययको खाता ४८ अर्ब ४६ करोडले घाटामा देखिएको छ । २०८० पुस मसान्तसम्म ५ खर्ब १८ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गरेको सरकारले खर्च (बजेट कार्यान्वयन) तर्फ ५ खर्ब ६६ अर्ब रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
तथापि, सरकारी खर्च र आम्दानी लक्ष्यअनुरुप हुन नसक्दा अर्धवार्षिक समीक्षामार्फत दुबै लक्ष्य परिमार्जन गर्ने तयारी सरकारले गरेको छ । चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड अनुमानित बजेट ल्याएको सरकारले १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ बराबरको राजस्व संकलनको लक्ष्य राखेको छ । यो लक्ष्य पुरा हुन नसक्ने देखेपछि सरकारले राजस्वको र खर्चको दुबै लक्ष्य र सीमा पुनरावलोक गर्ने तयारी गरेको हो ।
मौद्रिक नीतिको समीक्षा पनि आजै
यता अर्थ मन्त्रालयले समग्र अर्थतन्त्रको अर्धवार्षिक समीक्षाको तयारी गर्दै गर्दा उता राष्ट्र बैंकले समेत मौद्रिक नीतिको समीक्षाको तयारी गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाका लागि नेपाल राष्ट्र बैंकले सोमबार बेलुका सञ्चालक समितिको बैठक डाकेको छ ।
सञ्चालक समितिबाट प्रस्तावित अर्धवार्षिक समीक्षा पारित भए सम्भवत आज नै मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा समेत सार्वजनिक हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई आयोगका पदाधिकारी र सदस्यका लागि निवेदन दिने १० दिनको समय निर्धारण
-
ट्रम्पले १ सय ४ प्रतिशत कर लगाएपछि चीनले अमेरिकामाथिको कर ८४ प्रतिशत पुर्याइयो
-
इजरायलले गाजामा गर्यो आक्रमण : २९ जनाको मृत्यु
-
नेपालमा चोरी, भारतमा बिक्री : ६ वटा मोटरसाइकलसहित गिरोह पक्राउ
-
पर्सामा लागुऔषध रोकथामसम्बन्धी तीन महिने सचेतनामूलक कार्यक्रमको शुभारम्भ
-
‘योजनामा हुने बेथितिको अन्त्य गर्न कानुन बनाएर सरकारले काम गरिरहेको छ’