सात महिनाको ब्रेकपछि काममा फर्किइन् सामन्था

चेन्नई । दक्षिण भारतकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभु ७ महिनाको ब्रेकपछि काममा फर्किएकी छिन् । सामन्थाले एक भिडियो सेयर गर्दै आफ्नो पुनरागमनको घोषणा गरेकी छिन् । उनले अब हेल्थसम्बन्धी पोडकास्टमा काम गर्ने छिन् । अभिनेत्रीले आइतबार सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेकी थिइन् ।
यसमा उनले भनेकी छिन्, ‘हो, म काममा अलि ढिलो फर्किएँ...अन्ततः म धेरै दिनदेखि पूर्ण बेरोजगार थिएँ । अब म मेरो एक साथीसँग केी रमाइलो चिज गर्न जाँदै छु । यो एउटा हेल्थ पोडकास्ट हुनेछ । यो केही यस्तो छ, जुन मलाई साँच्चै मन परेको छ ।’ पोडकाष्ट अर्को हप्ता रिलिज हुन लागेकोले आफू निकै भावुक र उत्साहित भएको उनले बताइन् । यो पोडकाष्टमा काम गर्न आफूलाई निकै रमाइलो लागेको पनि उनको बताइन् ।
सामन्था अटो इम्युन कन्डिसन (मायोसाइटिस)बाट पीडित भएकी थिइन् । गएको वर्ष उनले यसबारे जानकारी दिएकी थिइन् । उपचारका लागि उनले कामबाट ब्रेक लिइन् । सामन्थाको पछिल्लो पटक रिलिज भएको फिल्म खुसी थियो । यो फिल्ममा उनी विजय देवरकोंडाको अपोजिट देखिएकी थिइन् ।
ब्रेकमा जानु अघि सामन्थाको अन्तिम फिल्म खुसी थियो जसमा उनी विजय देवरकोंडाको अपोजिट थिइन् । सामन्थाले वरुण धवनसँग ‘सिटाडेल’ वेब सिरिजमा काम गर्दैछिन् । ब्रेक लिनुअघि सामन्थाले गत वर्ष जुलाईसम्म यो वेब सिरिजको सुटिङ गरिरहेकी थिइन् । सामन्थाले ‘चेन्नई स्टोरीज’ पनि साइन गरेकी छिन् जुन उनको पहिलो विदेशी फिल्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म