क्रिकेट
क्यानडाविरुद्धको निर्णायक खेलमा नेपालले पहिले फिल्डिङ गर्ने
सोमबार, २९ माघ २०८०, ०९ : १५

काठमाडौँ । नेपालले क्यानडाविरुद्धको सोमबार खेलिने तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिले बलिङ गर्ने भएको छ । नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।
तीन खेलको एकदिवसीय शृङ्खलामा नेपाल २–० ले अगाडि छ । नेपालले पहिलो खेलमा क्यानडामाथि सात सात रनको रोमाञ्चक जित हासिल गरेको थियो । दोस्रो खेलमा भने नेपालले क्यानडालाई चार विकेटले हराएको थियो ।
कीर्तिपुर मैदानमा सोमबार घरेलु टोली नेपाल शृङ्खलालाई ‘क्लिन स्विप’ गर्ने धुनमा हुनेछ । भ्रमणकारी टोली क्यानडा भने सान्त्वना जितको खोजीमा हुनेछ । सन् २०१८ मा आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएयता नेपालले क्यानडासँग पहिलो शृङ्खला खेलेको हो ।