बराबरीमा रोकियो बार्सा, एट्लेटिको पराजित

काठमाडौँ । युवा खेलाडी लामिन यामालले दुई गोल गर्दा बार्सिलोना ग्रानाडासँग बराबरीमा रोकिएको छ । ६ गोलको थ्रिलर ३–३ गोलको बराबरीमा टुङ्गिएको हो ।
१६ वर्षीय खेलाडीले खेलको १४ औँ मिनेटमा नै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, ४३ औँ मिनेटमा रिचार्ड सान्चेजले खेल बराबरी गरे ।
दोस्रो हाफको ६० औँ मिनेटमा फाकुन्डो पेलिस्ट्रीले ग्रानाडालाई अप्रत्याशित अग्रता दिलाए । तर, तीन मिनेटपछि नै रोबर्ट लेवान्डोस्कीले खेल बराबरी गरे । ६६ औँ मिनेटमा इगान्सी मिकेलले पुनः ग्रानाडालाई अग्रता दिलाए पनि ८० औँ मिनेटमा यामालले गोलल गर्दै खेल बराबरी गरे ।
बराबरीपछि बार्सिलोना शीर्ष स्थानमा रहेको रियल मड्रिडभन्दा १० अङ्कले पछि परेको छ । २४ खेलपछि बार्सिलोनाको ५१ अङ्क छ । ग्रानाडा १३ अङ्कसहित रेलिगेसन जोनमा रहेको छ ।
आइतबार नै भएका अन्य खेलमा सेभियाले एट्लेटिको मड्रिडलाई १–० गोलले हरायो । त्यस्तै, गेटाफेले सेल्टा भिगोलाई ३–२ पराजित गर्दै मायोर्काले रायो भायोकानोविरुद्ध २–१ को जीत हासिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मातृत्व जोगाउने अभियानको शुभारम्भ
-
दिनेश लिङ्देनको निर्देशनमा फिल्म ‘मातृभूमि’ बन्ने
-
सैफ अली खानमाथि आक्रमणको मुद्दामा १६१३ पृष्ठको आरोपपत्र : के-के छ ?
-
शिक्षकका जायज माग पूरा गर्न सरकारको ध्यान जानुपर्छ : सभापति देउवा
-
एन्टीबायोटिक्सले पनि काम नगर्दा ३० लाख बालबालिकाको मृत्यु : अध्ययन
-
सामाजिक सद्भाव कायम गर्न मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको सराहना