राक्सीराङमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा
![राक्सीराङमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा](https://npcdn.ratopati.com/media/news/birami-sick-child-viral_3eHaUCDr7g.jpg)
मकवानपुर । मकवानपुर जिल्लाको पश्चिम भेगमा पर्ने राक्सीराङ गाउँपालिका–९ मा केही दिनअघि फैलिएको भाइरल ज्वरोको प्रकोपलाई अहिले स्वास्थ्यकर्मीले उपचार गरी नियन्त्रणमा ल्याइएको राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।
उक्त गाउँपालिका–९ को कालिका माविका विद्यार्थीलगायत दुईवटा टोलका स्थानीय बासिन्दा गरी तीनसय जना एकैचोटी भाइरल ज्वरोको प्रकोपबाट प्रभावित भएको र एक जना वृद्धको उक्त ज्वरोबाट केही दिनअघि मृत्यु भएको सो गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिएका थिए ।
स्थानीय अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको टोली औषधिसहित त्यस क्षेत्रमा पुगी थप उपचार गरिरहेको राक्सीराङ गाउँपालिकाका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले उल्लेख गरे ।
अहिले प्रभावित क्षेत्रमा अन्य बासिन्दाको रगत सङ्कलन गर्न आवश्यक चिकित्सा ‘किट’, प्राविधिक जनशक्ति स्थानीय अस्पताललाई थप औषधिसहित त्यसतर्फ पठाइसकिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मणप्रसाद घिमिरे बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा शान्ति स्थापना : राष्ट्रपति सीको भूमिका चाहन्छन् ट्रम्प, सघाउला त चीनले ?
-
युवा सङ्घ नेपालको महाधिवेशन वैशाखमा
-
५ रुपैयाँ जरिवाना भएकासहितका ९ जना फरार प्रतिवादी पक्राउ
-
अनुमान गरिएभन्दा छिटै सुनिता र बुचलाई पृथ्वीमा फर्काउँदैछ नासा
-
स्कटल्यान्डमा ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ हुने
-
गुगल म्यापमा आउन थाल्यो ‘गल्फ अफ अमेरिका’