बाघको आक्रमणबाट १९ वटा खसी बाख्रा मरे
आइतबार, २८ माघ २०८०, २२ : ०५
हेटौँडा । बाघको आक्रमणबाट मकवानपुरको बकैया गाउँपालिकामा १९ वटा खसी बाख्रा मरेका छन् । बकैया गाउँपालिका वडा नम्बर–६ मा आइतबार बाघको आक्रमणबाट १९ वटा खसी बाख्रा मारेका हुन् ।
बाघको आक्रमणबाट वडाको सुधास्थित स्थानीय ३ जना कृषकको १९ वटा खसी बाख्रा मारेको बकैया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष फुलमान भोम्जनले जानकारी दिए ।
उनका अनुसार स्थानीय डम्बरबहादुर भोम्जनका ११ वटा, कान्छिमाया भोम्जनको ५ वटा र गंगाराज भोम्जनको ३ वटा खसी बाख्रा बाघको आक्रमणबाट मारेको हो । नजिकै रहेको जंगलमा चर्न छोडेका खसी बाख्रा बाघको आक्रमणबाट मारिएको अवस्थामा फेला परेको उनले बताए ।
बाघले बाख्रा मारेपछी स्थानीय त्रसित बनेको उनको भनाई छ । साझ बिहान घरबाट बाहिर निस्कन डर भएको अध्यक्ष भोम्जनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म