बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

माल्दिभ्समा एकै दिन १० हजार २१३ पर्यटक भित्रिए

आइतबार, २८ माघ २०८०, २१ : ४६
आइतबार, २८ माघ २०८०

कोलम्बो । माल्दिभ्समा आइतबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । 

पर्यटन मन्त्री इब्राहिम फैसलले दिएको जानकारी अनुसार एकै दिनमा १० हजार २१३ आगन्तुकहरूलाई स्वागत गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार यसअघिको सबैभन्दा बढी दैनिक पर्यटक आगमनको  सङ्ख्या सन् २०१९ मा सङ्ख्या ९ हजार रहेको थियो । माल्दिभ्सको पर्यटन मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार माल्दिभ्समा सबैभन्दा बढी पर्यटकको आगमन चीन, इटाली र रुसबाट भएको देखिएको छ । 

माल्दिभ्स सरकारले यस वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । -(रासस-सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?