साङ्गीतिकसहित गजल मुशायरामा झुम्यो झापा

झापा । झापाको बिर्तामोडमा पहिलो पटक गजल मुशायरा कार्यक्रम भएको छ । नेपाल गजल प्रतिष्ठानको मुख्य आयोजना र अन्तर्राष्ट्रिय नेपाली गजल मन्च, प्रान्जल साधना केन्द्र, गोपीकृष्ण स्मृति प्रतिष्ठान र वीरता रिडर्ससमेतको सहकार्यमा सांगीतिकसहित गजल मुशायरा भएको हो ।
शनिबार बिर्तामोडस्थित इन्द्रेणी व्यांक्वेटको हलमा भएको गजल मुशायरामा राष्ट्रिय स्तरका डेढ दर्जनभन्दा बढी गजल साधकहरूको विशेष प्रस्तुति रह्यो ।
नेपाल गजल प्रतिष्ठानले यसअघि पनि यस प्रकारका कार्यक्रम गर्दै आएको थियो । प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठकाअनुसार झापामा आयोजना गरिएको गजल मुशायरामा सुदूरपश्चिम, गण्डकी, बागमती र कोसी प्रदेशका करिब १ दर्जन जिल्लाका गजल स्रष्टाहरूले तरन्नुम र तहतमा गजल प्रस्तुत गरेका थिए ।
कार्यक्रममा लालकाजी श्रेष्ठ, विजय दङ्गाल र आदित्य अधिकारीले डा। भोजराज घिमिरे, डा। प्रदीपकुमार मैनाली, खगिन्द्रा खुसी र रश्मि असफलका गजललाई साङ्गीतिक रूपमा प्रस्तुत गरेका थिए ।
राधा कणेल, घनश्याम पथिक, सुरेश सुवेदी, टीका खड्का 'राष्ट्रप्रेमी', आँचलकुमार शर्मा, अनजान यात्री, भुवन निस्तेजलगायतमा गजल वाचनले मुशायरा तातेको थियो ।
वीरता रिडर्सका संयोजक तीर्थ सिग्देलका अनुसार सोही दिन बिहान १० देखि १ बजेसम्म गजल प्रशिक्षण कार्यशाला पनि सम्पन्न गरियो । सयजनाभन्दा बढी सहभागी प्रशिक्षणका लागि अन्तर्राष्ट्रिय नेपाली गजल मन्चका अध्यक्ष घनेन्द्र ओझाले प्रशिक्षण प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको दरभाउ : आज कसको मूल्य कति ?
-
प्रिमियर लिगमा वेष्ट ह्याम युनाइटेडको सहज जित
-
बेलायती प्रधानमन्त्रीसँगको भेटपछि ह्वाइटहाउसमा ट्रम्पले जेलेन्स्की र युक्रेनी सेनाको गरे प्रशंसा
-
भूकम्पपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै
-
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प