सन्तानको प्रश्नले हैरान केकी
![सन्तानको प्रश्नले हैरान केकी](https://npcdn.ratopati.com/media/news/3_SEbVJEFcoD.jpg)
काठमाडौँ । ‘सन्तान कहिले जन्माउने’ ? अभिनेत्री केकी अधिकारीलाई पछिल्लो समय धेरै सोधिन थालिएको प्रश्न हो यो । उनी जहाँ भेटिन्छिन्, कोही न कोही पत्रकारले उनलाई यो प्रश्न दोहोर्याउने गर्छन् । केकीले भने विभिन्न बहनामा यो प्रश्नको जवाफ टार्दै आएकी छिन् ।
केही दिन अगाडि फिल्म ‘दयारानी’को प्रेसमिटमा पनि उनले यो प्रश्नको सामना गर्नुपर्यो । एक पत्रकारले त उनलाई सन्तानका लागि प्रेसर छ कि छैन भनेर प्रश्न गरे । ‘मलाई सन्तानका लागि कुनै पनि दबाब आएको छैन । फेरि, प्रेसर बढेको बेलामा सन्तान जन्माउनु पनि हुँदैन’, उनले सजिलै जवाफ दिइन् ।
अचेल केकी भने यी प्रश्नले हैरान हुन थालेकी छन् । उनले परिवारबाट आफूलाई सन्तान जन्माउनका लागि कुनै दबाब नआएको तर बाहिरबाट प्रश्नले हैरान हुने गरेको बताउन थालेकी छन् ।
करिब २ वर्ष अगाडि प्रेमी रोहित तिवारीसँग विवाह गरेकी केकी विवाहपछि निरन्तर फिल्ममा व्यस्त छिन् । अहिले उनी कुनै फिल्म अभिनय गरिरहेकी छैनन् । कारण उनको अभिनय निर्माण रहेको फिल्म ‘बोक्सीको घर’ प्रदर्शनमा आउँदै छ । त्यसको प्रचार प्रसारमा उनी व्यस्त छिन् ।
‘बोक्सीको घर’ नयाँ वर्षको वैशाख १४ बाट प्रदर्शनमा आउँदै छ । केकीकै होम प्रोडक्सनमा निर्माण भएको फिल्म ८ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’माथि रहेर बनेको हो । नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले फिल्म पनि निर्देशन गरेका हुन् ।
फिल्ममा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर फिल्म बनेको छ ।
सामाजिक–थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन् । नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने फिल्म केही अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने योजना केकीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षी दलद्वारा संसद् अवरोध
-
सुरु भएको हो त रुस–युक्रेन युद्ध रोक्ने तयारी ?
-
जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा नागरिकहरूलाई सुरक्षा खतरा भयो : अञ्जनी श्रेष्ठ
-
सांसद पराजुलीको प्रश्न– निरङ्कुशताविरुद्ध लडेको इतिहास बोकेका दलहरू किन निरङ्कुश बन्दैछन् ?
-
इसेवाको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने, यस्तो छ प्रक्रिया
-
इसेवा वालेटमा रहेको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने