वर्षको उत्कृष्ट युवा खेलाडी बने देव
![वर्षको उत्कृष्ट युवा खेलाडी बने देव](https://npcdn.ratopati.com/media/news/dev-khanal-001_HpGn2Q4KcD.jpg)
काठमाडौँ । नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान देव खनाल वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ–पल्सर स्पोटर्स अवार्डको २०औँ संस्करणमा उनले राममाया बुढा (एथलेटिक्स) र सुष्मा तामाङ (बक्सिङ) लाई पछि पार्दै उपाधि हात पारेका हुन् ।
विजेतालाई बजाज पल्सर मोटरसाइकल पुरस्कार दिइनेछ । खनालकै कप्तानमा नेपाली टोली आठ वर्षपछि आईसीसी यू–१९ विश्वकप क्रिकेटमा छनोट भएको थियो । देवको कप्तानीमा नेपाल यूएईलाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जित्न सफल भएको थियो ।
उनले पाँच खेलको तीन पालीमा ६५ माथिको औसतमा कुल एक सय ९७ रन बनाएका थिए । उनले कुवेतविरुद्ध राउन्ड रोबिन खेलमा एक सय २५ र यूएईविरुद्ध फाइनलमा ५१ रन बनाउन सफल भएका थिए । उनकै कप्तानीमा लुम्बिनी प्रदेश यू–१९ राष्ट्रिय प्रतियोगितामा उपविजेता बनेको थियो ।
उता एथलेटिक्सकी राममाया बुढा १६औँ एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा जुनियर व्यक्तिगत र टिम इभेन्टमा रजत पदक जित्ने खेलाडी हुन् । उनले एपीएफ परिवार महिला संघ हाफ म्याराथनमा स्वर्ण, गोल्डेन एथलेटिक्स मिटको १५ सय मिटर दौडमा स्वर्ण र पाँच किमिमा रजत पदक जितेकी थिइन् ।
उनले देवदह हाफ म्याराथनमा स्वर्ण र राइट टु प्रोटिन रनमा रजत, दोस्रो वीर गणेशमान सिंह १० किमी, मदन भण्डारी मेमोरियल र केपी ओली रोड रेस ५ किमी रोड रेसमा रजत तथा तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्सको तीन हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन् ।
त्यस्तै, बक्सिङकी सुष्मा तामाङले एएसबीसी यू–२२ एसियन महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा रजत पदक चुमेकी थिइन् । उनले जितेको त्यो पदक नेपालले एसियाली स्तरमा जितेको अहिलेसम्मको ठुलो पदक हो । उनले फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग अङ्कका आधारमा पराजित गरेकी थिइन् ।
उनी एएसबीसी यू–२२ च्याम्पियनसिपमा रजत जितेपछि सिधै महिला वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा छनोट भएकी थिइन् । उनले नवौँ राष्ट्रिय खेलकुदमा महिला ४८ केजी तौलमा बागमती प्रदेशका लागि स्वर्ण जितेकी थिइन् । उनी भारतमा सम्पन्न विश्व महिला बक्सिङ च्याम्पियनसिपमा पनि सहभागी भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
-
आपत्कालीन कोषमा योगदान गरेकामा डब्लुएचओबाट नेपाललाई धन्यवाद ज्ञापन
-
जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने
-
सूर्यकुमारीको बारीमा फल्यो एउटै लौका १६ किलोको