स्वस्तिमा खड्का शाओमीको ब्रान्ड एम्बासडरमा नियुक्त
![स्वस्तिमा खड्का शाओमीको ब्रान्ड एम्बासडरमा नियुक्त](https://npcdn.ratopati.com/media/news/photo_Bm33lohnp3.jpg)
काठमाडौँ । शाओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ । स्वस्तिमा खड्का पछिल्लो समयकी लोकप्रिय अभिनेत्री हुन् ।
यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले भने, ‘नेपालको लोकप्रिय अभिनेत्री एवम् शालीन व्यक्तित्वकी धनी स्वस्तिमा खड्कालाई शाओमीको ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गर्न पाउँदा हामी निकै उत्साहित छौँ । हाम्रो सहकार्यले शाओमीले अझ उचाइ लिनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’
यस्तै नवनियुक्त ब्रान्ड एम्बासडर खड्काले भनिन्, ‘शाओमी जस्तो ग्लोबल टेक्नोलोजी लिडर ब्राण्डको ब्राण्ड एम्बासडर हुन पाउँदा म निकै गौरवान्वित छु । अत्याधुनिक र इनोभेटिभ स्मार्टफोनहरू र एआइओटी प्रोडक्टहरु प्रदान गर्दै आइरहेको शाओमीको लक्ष्य र मेरो व्यक्तिगत लक्ष्य मेल खान्छ । मलाई यो अवसर दिएकोमा शाओमीप्रति आभारी छु, मलाई आशा छ यो सहकार्यले हामी दुवैलाई एउटा नयाँ उचाइमा पुर्याउनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ प्रतिभा तान्न कम्पनीले दियो निःशुल्क रक्सी र ह्याङओभर बिदाको अफर
-
सकियो ‘सोल्टिनी’को छायाङ्कन
-
अस्ट्रेलियाको ७ सहरमा गुन्जँदै नेपथ्य
-
फिल्म ‘११ः५५’को क्यारेक्टर पोस्टर सार्वजनिक
-
१०.५३ प्रतिशतले बढ्यो प्रभु इन्स्योरेन्सको नाफा
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्न ग्रिसबाट स्वदेश आइपुगिन् एन्जिला