भारतसँगको सीमानामा कडाई गर्नुपर्छः सांसद पन्त
आइतबार, २८ माघ २०८०, १६ : ३७

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतसँगको सीमानामा कडाई गर्नुपर्ने बताएका छन् ।
आइतवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपाल जो आएर बसेपनि हुने देश बनेको बताए ।
पन्तले नेपालमा जो आएर जे गरेपनि हुने हो ? भन्दै प्रश्न गरे । उनले नेपालमा रोहिंग्या शरणार्थीको संख्या तीन हजार नाघिसकेको भन्दै यसको कारण भारतसँगको खुला सीमाना भएको जिकिर गरे ।
उनले भने, ‘हामीले भारतसँगको बोर्डरलाई दुई स्वतन्त्र देश हुन् भनेर व्यवस्थित बनाउन जरुरी छ । त्यसमा टाइट गर्नैपर्छ । आउने जानेको तथ्यांक राख्नुपर्छ । विमानस्थलसहित भुगोलको बोर्डर पनि कडाइ हुनुपर्छ । तीन चार हजार रोहिंग्याहरुको तथ्यांक नाघिसकेको छ ।’