म्याक्सवेलले बराबरी गरे रोहितको कीर्तिमान
आइतबार, २८ माघ २०८०, १६ : ०३

एडिलेड । अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले वेस्ट इन्डिजविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा करियरको पाँचौँ शतक हिर्काएका छन् । योसँगै उनले भारतका रोहित शर्माको सर्वाधिक शतकको कीर्तिमान बराबरी गरेका छन् ।
म्याक्सवेलले विस्फोटक इनिङ्स खेल्दै ५५ बलमा १२० रन बनाए । यस क्रममा उनले १२ चौका र ८ छक्का हिर्काए । उनको शतकको मद्दतले अस्ट्रेलियाले निर्धारित २० ओभरमा २ सय ४१ रन बनायो ।
३५ वर्षीय खेलाडीले १०२ टी–२० अन्तर्राष्ट्रिय खेलमा अस्ट्रेलियाका लागि ३०.८३ को औसतले २ हजार ४०५ रन बनाएका छन् । उनले यस क्रममा १० अर्धशतक पनि बनाएका छन् ।
रोहित शर्माले १ सय ५१ खेलमा ३१.७९ को औसतले ५ शतकका साथै २९ अर्धशतक हिर्काएका छन् । सूर्यकुमार यादव ४ शतकसहित दोस्रो स्थानमा छन् ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी
-
कडा टक्करबिच त्रिवि क्याम्पस कीर्तिपुरको स्ववियु निर्वाचनमा नेविसंघका जोशी निर्वाचित
-
राष्ट्रपतिद्वारा ५ वटा विधेयक प्रमाणीकरण
-
गणतन्त्र जिन्दावादको नारा लगाउँदै धनकुटामा एमालेको मोटरसाइकल र्याली
-
सिस्नेरी खोलामा पौडी खेल्न पसेका ३ बालकको अचेत अवस्थामा उद्धार
-
प्राधिकरणका निर्देशकलाई कर्णालीका मुख्यमन्त्रीको फोनः कोहलपुर-सुर्खेत प्रशारण लाइनको विवाद सुल्झाउन आग्रह