कसैलाई जेलमा राख्दैमा नेपाली समाज परिवर्तन हुँदैनः चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादरुर केसीले देशको अखण्डता र राष्ट्रियता गम्भीर संकटमा रहेको बताएका छन् ।
आईतवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कुनै एक व्यक्तिलाई दोषी देखाएर जेलमा राख्दैमा नेपाली समाज परिवर्तन नहुने भन्दै राज्य सञ्चालन गर्नेहरुको प्रवृत्ति सच्चिन जरुरी रहेको बतए । उनले राजनीति गर्ने भनेको जसरी नि कमाउनका लागि भन्ने मानसिकता हटाउनुपर्ने बताए ।
उनले मान्छे बेचबिखन गर्ने सञ्जालहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन आग्रह गरे ।
उनले भने, ‘कुनै राष्ट्रलाई सखाप पार्नुछ भने त्यो राष्ट्रमा गलत शिक्षा भित्र्याउनुपर्छ भन्ने कुनै एक मानिसको भनाइ थियो । नेपालमा के छ भन्दा जागिर खाने भनेको राष्ट्र र जनताको सेवाको लागि होइन की जसरी पनि पैसा कमाउने हो । घुस नखानेहरु रिसाउनु परेन । राजनीति गर्ने भनेको जसरी नि कमाउनका लागि हो । अरु भन्दा बढी धनाढ्य हुनुपर्छ, भन्ने जुन शिक्षा प्रणाली छ, यसले राष्ट्र आज अत्यन्त अधोगति भइरहेको छ । मान्छे बेचबिखन गर्न दलाल कटिवद्ध छन् । राज्य प्रशासनमा बस्ने मानिसहरुको संरक्षणबेगर तिनले मनपरी गर्न सक्छन् ? सबैभन्दा पहिला राज्य सञ्चालन गर्नेहरु सच्चिनुपर्छ । हाम्रो प्रवृत्ति बदल्नुपर्छ । एक जनालाई जेलमा कोचेर नेपाली समाज बदलिँदैन । यही कारणले देशको अखण्डता, राष्ट्रियता गम्भीर संकटमा छ ।’
अध्यक्ष केसीले नेपालमा जागिर खानेकुरा जनताको सेवाका लागि नभइ कमाइ खाने भाँडोको रुपमा प्रयोग हुने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित