राजेन्द्र महतोले फागुन १६ गते काठमाडौँमा प्रदर्शन गर्ने

काठमाडौँ । लोकतान्त्रिक समाजवाद पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले फागुन १६ गते काठमाडौँमा प्रदर्शन गर्ने भएका छन् । लोसपाबाट विद्रोह गरी छुट्टै आन्दोलनको तयारीमा नेता महतो लागेका हुन् ।
२०६५ फागुन १६ गते तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको आठ बुँदे सम्झौता भएको थियो । सो सम्झौताका थुप्रै मागहरू पुरा नभएको कारण त्यसबारे सरकारलाई ध्यानाकर्षण गराउन लागि प्रदर्शन गर्न लागिएको महतो निकट एक नेताले बताए ।
फागुन १६ गते सम्झौता स्मरण गराउनका लागि प्रदर्शन गर्ने, त्यसपछि चैत ६ गते थप वृहत् प्रदर्शन गर्ने ती नेताले बताए । उनले भने, ‘चैत ६ गतेदेखि जनआन्दोलन सुरु भएको दिनमा आन्दोलनको सुरुवात गर्ने भनेर हामीले त्यही दिनलाई चयन गरेका हौँ ।’
महतो अन्तरक्रियाका लागि अहिले मधेसमा छन् । उनले पर्सादेखि झापासम्म अन्तरक्रिया यात्रालाई जारी राख्नेछन् । झापासम्मको यात्रा पुरा गरेर काठमाडौँमा फागुन १६ गते प्रदर्शन गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्दिर परिसरमा हत्या गरिएको अवस्थामा पुरुषको शव फेला
-
मोटरसाइकलको ट्यांकीभित्र गाँजा राखेर तस्करी गर्ने नेपाली युवक भारतमा पक्राउ
-
बुधबार सुनको मूल्य बढ्यो
-
आज पनि बजारबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
-
दोस्रो उपाधिको खोजीमा रहेका गुजरात र राजस्थान आपसमा भिड्दै
-
अमेरिका–चीनबिच ट्यारिफ तनावले एसियाली शेयर बजारमा गयो पहिरो