भ्रष्टाचार नियन्त्रणका लागि व्यक्तिगत सोच र आचरण बदल्नुपर्छ : प्रदेश प्रमुख शर्मा
हेटौडौं । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले भ्रष्टाचार नियन्त्रणका लागि व्यक्तिगत सोच र आचरण बदल्न सक्नुपर्ने बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आइतबार आयोगको हेटौंडास्थित कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले पछिल्लो समय पश्चिमा मुलुकहरु आर्थिक अनुशासनमा बाँधिएको र पूर्वीय मुलुकहरु मर्यादाभन्दा बाहिर गएको बताए ।
‘भ्रष्टाचार सूक्ष्मता तिरबाट स्थूलता तिर अघि बढिरहेको छ । भ्रष्टाचारले सामाजिक, न्यायिक र राजकीय प्रक्रियाको शिलशिलेवार प्रणालीलाई समाप्त पार्दै राष्ट्र, जनता र व्यक्तिको मर्यादा, आचरण र गरिमालाई ध्वस्त पारेको छ,’ उनले भने, ‘पश्चात्य दर्शनका अनुयायीहरु हामीभन्दा मर्यादा र आचरणमा खुकुला देखिन्छ । तर, सामाजिक जीवनमा हाम्रो उत्कृष्ट आचरण र मर्यादा आर्थिक सवालमा प्रवेश गर्नासाथ दाम्रो चुँडालेर भ्रष्टाचारको आडलमा हाम फालिरहेको छ ।’
प्रदेश प्रमुख शर्माले राज्यको अर्थतन्त्र निर्माणमा आफ्नो योगदानबारे नागरिक अनविज्ञता तथा उदासीनता भ्रष्टाचार प्रवद्र्धनको कारक तत्त्व रहेको बताए । राजस्व अपचलन गर्नेको सम्मान र संरक्षण गर्नेको अपमान हुने परिपाटि रहेसम्म भ्रष्टाचार रहिरहने उनको भनाई छ । भ्रष्टाचार नियन्त्रण, सुशासन, प्रवर्द्धन र आर्थिक समृद्धि मार्फत राज्यको पहिचान र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने काम अग्रसर हुनु पर्ने बताए । सो कार्यमा राजनीतिक दल, सरकार, सरकारी संयन्त्र एवम् आम नागरिकको समेत महत्त्वपूर्ण भूमिका हुनुपर्नेमा उनले बताए । जनउत्तरदायी शासकीय अभ्यासले मात्र समग्र राष्ट्र उत्थानमा गति दिन सकिने उनको भनाई छ ।
‘समुद्रको माछाले कहिले र कति पानी खायो भन्ने प्रश्नको जवाफ जति जटिल र कठिन छ एउटा भ्रष्टाचारीले जागिरे जीवनकालमा राज्यकोषको कति हिनामिना गर्याे भन्ने विषय त्यति नै जटिल छ,’ उनले भने ।
प्रदेश प्रमुख शर्माले भ्रष्टाचार नियन्त्रणका लागि कडाइका साथ अघि बढ्न जरुरी रहेको बताए । दण्ड सजायका विषयमा सशक्त रुपमा सके सुशासन कायम हुने उनको भनाई । उजुरीहरुको छानबिन र अभियोजनमा आयोगले निष्पक्षता र तटस्थतालाई मूल मन्त्र मानेर काम गर्न उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल