फर्जी कागजात तयार गरेर साढे ८ करोड ऋण

काठमाडौँ । फर्जी कागजात तयार गरेर ऋण लिई क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडलाई ९ करोड रुपैयाँभन्दा बढी हानी पुर्याएर फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका–६ बस्ने ६७ वर्षीय रामभक्त थापा रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार थापाले कम्पनीका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी काभ्रे ब्रोइलर सप्लायर्स नामक निजी फर्मको कागजात तयार गरी आठ करोड ५० लाख रुपैयाँ कर्जा लिएका थिए । उनले सो कर्जा दुरुपयोग गरी कम्पनीलाई ९ करोड ७ लाख ६ हजार ३ सय ७८ रुपैयाँ ७४ पैसा बिगो बराबर हानी पुर्याएका थिए ।
यस बैंकिङ कसुर मुद्दामा साबिक पुनरावेदन अदालत पाटनले २०७१ साल वैशाख २९ गते फैसला गर्दै थापालाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा १५(२) (घ) बमोजिम ३ वर्ष कैद र बिगो असुल गरी बिगो बमोजिम जरिवाना हुने ठहर गरेको थियो । तर, उनी फरार रही उक्त सजाय बेरुजू रहेको थियो ।
सीआईबीको टोलीले थापालाई शुक्रबार काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि आइतबार काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट तयारी-छलफल : उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन
-
धरानको जङ्गलमा भेटिएकी महिलाको पहिचान खुल्यो, घटना शंकास्पद
-
नेकपा एस कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का सर्वसम्मत
-
तस्बिरमा हेर्नुहोस् वर्षा पछि खुलेको काठमाडौँको आकाश
-
पच्चिस तस्बिरमा हेर्नुहोस् बिस्केट जात्रा
-
त्रिविका उपकुलपतिको राजीनामापछि विश्वविद्यालय उपकुलपतिविहीन