माओवादी केन्द्रीय समिति बैठकमा प्रदेश इन्चार्जहरूले थाले रिपोर्टिङ

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकमा प्रदेश इन्चार्जहरूले रिपोर्टिङ गर्न सुरु गरेका छन् । बैठकको सुरुमा उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुनले चार महिने अभियानको समीक्षात्मक रिपोर्टिङ गरेका छन् ।
बैठकमा पुनले अभियानका क्रममा काठमाडौँ उपत्यकामा भएका समग्र कार्यक्रम र त्यसपछिको सांगठनिक अवस्थाबारे जानकारी गराएका एक नेताले बताएका छन् ।
उनले उपत्यकामा माओवादीको सांगठनिक अवस्था निकै कमजोर रहेकाले अभियानलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन् ।
चार महिना अभियानको क्रममा उनले बागमती प्रदेशअन्तर्गत भूगोलमा काम गरेका थिए । सातै प्रदेशका इन्चार्जहरूले रिपोर्टिङ सकिएपछि अन्त्यमा प्रधानमन्त्री तथा प्रधानमन्त्री प्रचण्डले आफ्नो भनाइ राख्ने कार्यसूची रहेको ती नेताले जानकारी दिए । सोमबारसम्म चल्ने बैठकमा कार्यसम्पादन मूल्याङ्कनको आधारमा कार्य विभाजन गर्ने अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए
-
नयाँ वर्षमा सुनराको स्कुटर किन्दा ६० हजारसम्म छुट
-
चीनको विकास नेपालका लागि प्रेरणा – दिनानाथ शर्मा
-
गौतमबुद्ध विमानस्थलमा पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग
-
चेन्नईको कप्तानीको जिम्मा धोनीको काँधमा