सकियो ‘मनसरा’ को छायाङ्कन
काठमाडौँ । उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’ को छायाङ्कन सकिएको छ । ३० दिनको छायाङ्कनमा फिल्म सकिएको हो । फिल्मको छायाङ्कन गत २१ पुसमा भएको थियो ।
फिल्मको छायाङ्कन ललितपुर, काठमाडौँ र पाँचथरमा भएको छ । पाँचथरमा कलाकार दयाहाङ राई र मिरुना मगरको अन्तिम दृश्य खिच्दै इन्डक्ल्याप गरिएको हो । फिल्म आगामी वर्षको वैशाख २१ गते रिलिज हुनेछ ।
फिल्ममा मिरुना र दयाहाङका अलावा प्रवीण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकीलगायतको अभिनय छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाकार शैलेन्द्रध्वज कार्की हुन् ।
फिल्मको सह–निर्मातामा विष्णुकुमार लिम्बु, मनोरथ पोखरेल, परशु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ छन् । कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा निमेष श्रेष्ठको सम्पादन रहनेछ । एप्पल इन्टरटेन्मेन्ट कम्पनीले फिल्मको वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताकमका युवा मौलिक राधाकृष्ण नाच संरक्षणमा
-
१२ बजे, १२ समाचार : ‘प्रतिनिधि सभा होइन, घोचपेच सभा’देखि रविले निलम्बन फुकुवाको विवेदन दिएपछि सभामुख फायरसम्म
-
राष्ट्रिय परिचयपत्र विवाद : सर्वोच्चले जारी गर्यो तीन बुँदे आदेश
-
ब्रिटिस सेनाको उच्च तहदेखि राजा चार्ल्सको सुरक्षा दलसम्म खाम्चामगर
-
अमेरिकाको घातक हवाई दुर्घटनामा ६७ जनाको मृत्यु
-
सुदूरपश्चिम सम्भावनाले भरिपूर्ण प्रदेश हो : प्रदेश प्रमुख मियाँ