सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
आइतबार, २८ माघ २०८०, ११ : १९

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रवार प्रतिताला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख १८ हजार रुपैयाँमा झरेको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले नै घट्दै प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता चाँदीको मूल्य भने गत शुक्रवारकै मूल्य कायम हुँदै १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा