‘नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडलमा सञ्चालन आवश्यक’
शनिबार, २७ माघ २०८०, २२ : ३४

धरान । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सार्वजनिक निजी साझेदारीमा सञ्चालनका लागि अध्ययन समिति गठन गरिएको बताएका छन् ।
शनिबार बेलका नगरपालिकामा आयोजित एक कार्यक्रममा उनले १० वर्षमा ३५ लाख विदेशी पर्यटक ल्याउने लक्ष्य पूरा गर्न काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्रै नधान्ने भन्दै नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन जरुरी रहेको भन्दै उक्त अध्ययन समिति गठन गरिएको बताए ।
सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पूरा भएको भन्दै उनले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि पर्यटन ऐन परिवर्तन आवश्यक रहेको बताए । उनले पर्यटन नीतिको मस्यौदा अर्थ मन्त्रालय पठाइसकिएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकार : मुख्यमन्त्रीका नजरमा कसले गरे राम्रो काम ?
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा
-
कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट
-
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा