सिंहदरबारभित्र हुने काम गाउँमा पुग्यो : मुख्यमन्त्री शर्मा
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले व्यवस्था बदलिएसँगै सिंहदरबारको पर्खालभित्र हुने काम गाउँमा पुगेको बताएका छन् । मूलधार महिला सेवा केन्द्र (मासबेस उदयपुर) द्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘छैटौँ ऐतिहासिक बेटी सम्मेलन’लाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले केन्द्रले राष्ट्रियस्तरको बेटी सम्मेलन कर्णालीमा गर्नुले महिला आन्दोलनमा सहयोग पुग्ने बताए ।
“हिजोको आन्दोलनमा महिलाहरूको भूमिका धेरै थियो”, उनले भने, “अब आम जनतामा जागरण गर्न पैदा गर्न आवश्यक छ जहाँ महिलाले पनि विभिन्न आन्दोलनको नेतृत्व गरिरहेका छन् ।” दशवर्षे सशस्त्र सङ्घर्ष र विसं २०६१–६२ को जनआन्दोलनपछि मुलुकमा ठूलो परिवर्तन आएको बताउँदै मुख्यमन्त्री शर्माले उत्पीडित जाति, वर्ग र धर्मका मान्छेले मुक्ति नपाउँदासम्म आन्दोलन जारी रहने यसका लागि आफूले पनि सक्दो सहयोग गर्ने जनाए । सङ्घर्ष, त्याग र बलिदानभित्र सङ्घर्ष लुकेको जनाउँदै आर्थिक, सामाजिक, सांस्कृतिक परिवेशअनुसार परिवर्तन खोज्नुपर्ने र त्यसका लागि उत्पीडितहरू एक हुनुपर्ने उनको भनाइ थियो ।
केन्द्रका अध्यक्ष नजबुल खानले नेपालका विभिन्न प्रदेश गरी पाँचौँँ र अहिले कर्णालीमा छैटौँ बेटी सम्मेलन गरिएको बताए । बेटीहरूको सामाजिक, सांस्कृतिक अवस्थाबारे राज्यलाई सहजै बुझाउन र उनीहरूको अधिकार सुनिश्चित गराउन सम्मेलन थालिएको जनाए ।
डा.लक्ष्मी जोशीले बेटी सम्मेलनमार्फत अहिलेसम्म जकडिएको पितृसतात्मक सोचलाई चिर्नु आवश्यक रहेको टिप्पणी गरे । बेटीहरूमा आएका समस्याको दीर्घकालीन सम्बोधन गर्न कार्यक्रम अभियानका रूपमा अगाडि बढाउन उनले सुझाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला : ‘घुमौँ मधेसः बुझौँ मधेस’ प्रति विशेष आकर्षण
-
विजय बरालालले छोड्न लागेका हुन् ‘कमेडी दरबार’ ?
-
थाहा पाएसम्म अरूलाई पनि भ्रष्टाचार गर्न दिन्नँ : प्रधानमन्त्री
-
आवासीय चिकित्सकहरूले माइतीघर मण्डलामा धर्ना दिने
-
अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमायाले बाजी मारिन्, सचिवमा को–को विजयी भए ?
-
निकट भविष्यमा विश्व व्यवस्थाको नेतृत्व गर्ने चीनको महत्त्वाकाङ्क्षा