मेस्सीका कारण चीनमा अर्जेन्टिनाका दुई खेल रद्द

बेइजिङ । हङकङमा आयोजना भएको खेलमा इन्टर मियामीका लागि लियोनेल मेस्सीले नखेलेपछि चीनले आफ्नो देशमा हुन लागेको अर्जेन्टिनाका दुई मैत्रीपूर्ण रद्द गरेको छ । गत आइतबार अर्जेन्टिनाका कप्तानले हङकङ–११ विरुद्धको मैत्रीपूर्ण खेल नखेलेपछि चीनमा रहेका समर्थकहरू उनीबाट रुष्ट बनेका हुन् ।
३६ वर्षीय खेलाडीले चोटका कारण आफूले सो खेल खेल्न नसकेको स्पष्टीकरण दिए पनि तीन दिनपछि जापानमा भिसेल कोबेविरुद्धको खेलमा भने उनी सब्सटिच्युटका रूपमा खेलेका थिए । यसबाट चीनमा उनको व्यापक आलोचना भइरहेको छ ।
विश्वकप विजेता टोलीले आगामी मार्चमा नाइजेरियाविरुद्ध हाङझाउ र बेइजिङमा आइभोरी कोस्टविरुद्ध खेल्ने तालिका रहेको थियो । बेइजिङ फुटबल एसोसिएसनले लियोनेल मेस्सी खेल्ने खेलका लागि कुनै पनि तयारी नगरिएको शनिबार बताएको छ । उता शुक्रबार नै हाङझाउमा पनि खेल रद्द गरिएको जानकारी दिइएको थियो ।
मेस्सी नखेलेपछि हङकङमा समर्थकहरूले इन्टर मियामीका मालिकसमेत रहेका डेभिड बेकह्याम र मेस्सीविरुद्ध नाराबाजी गर्दै आफ्नो पैसा फिर्ता मागेका थिए । विरोधपछि आयोजकले टिकटको ५० प्रतिशत रकम फिर्ता गर्ने वाचा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध