पाकिस्तान निर्वाचन : इमरान खानको समर्थनमा रहेका स्वतन्त्र उम्मेदवार अगाडि
शनिबार, २७ माघ २०८०, १८ : ०५

इस्लामाबाद । पाकिस्तानको नेसनल एसेम्बलीको २६६ सिटमा बिहीबार भएको मतदानपछि नतिजा आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार ४४ घण्टा बितिसक्दा पनि १२ सिटको नतिजा आउन बाँकी छ ।
अहिलेसम्मको नतिजामा इमरान खानको पार्टी पीटीआईले समर्थन गरेका ९१ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने नवाज शरीफको पीएमएल (एन)का ७१ उम्मेदवार विजयी भएका छन् । पीपीपीले ५२ सिटमा जित हासिल गरेको छ भने अन्य उम्मेदवारले ३६ सिटमा जित हासिल गरेका छन् ।
यसैबिच, पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा एक बयान जारी गरेको छ, जसमा इमरान खान हाल जेलमा रहे पनि उनी आफैँ बोलिरहेको देखिन्छ। बयानमा उनले २०२४ को निर्वाचनमा विजयी भएकोमा आफ्ना मतदातालाई बधाई दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य सेवा प्रभावकारी बनाउन पुरातन अभ्यास परिवर्तन आवश्यक : मन्त्री पौडेल
-
पाथीभरा केबलकार विवाद : प्रदर्शनकारीले अस्वीकार गरेपछि वार्ता टोली नै अलमलमा
-
‘गसिप गर्ल’ मिशेल ट्राचटेनबर्गको निधन
-
१३३ किलोमिटर पैदलयात्रा हुने मिथिला मध्यमा परिक्रमा शुरु
-
मेस्सी भन्छन्– ‘जोन लापोर्टा अध्यक्ष रहेसम्म म बार्सिलोना फर्कन्न’
-
स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा