पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई दङ्गासँग सम्बन्धित १२ मुद्दामा जमानत
इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई रावलपिण्डीको आतङ्कवाद विरोधी अदालतले मे ९ मा भएको दङ्गासँग सम्बन्धित १२ वटा मुद्दामा जमानत दिएको द एक्सप्रेस ट्रिब्युनले जनाएको छ । खानका निकट सहयोगी तथा पाकिस्तानका पूर्व विदेशमन्त्री शाह महमुद कुरेशीलाई १३ वटा मुद्दामा जमानत दिइएको छ ।
खानलाई पाकिस्तानी सेनाको मुख्यालय र आर्मी सङ्ग्रहालय आक्रमणका साथैे सबै १२ मुद्दामा एक लाख पाकिस्तानी रुपैयाँ जमानत दिइएको छ । एटीसी न्यायाधीश मलिक एजाज आसिफले जमानतको आवेदनमाथि सुनुवाई गरेका थिए । अदालतले पीटीआईका संस्थापकलाई हिरासतमा राख्नुको कुनै औचित्य नभएको र मे ९ को घटनामा संलग्न सबै संदिग्धलाई जमानत दिइएको फैसला सुनाएको छ ।
खान र कुरेशीलाई फेब्रुअरी ६ मा अभियोग लगाइएको थियो । द एक्सप्रेस ट्रिब्यूनका अनुसार यी दुवैलाई अदालतमा पेश गरिएको थियो र पूर्व प्रधानमन्त्रीले न्यायाधीशसँग गत बर्षको मे ९ मा इस्लामाबाद उच्च न्यायालय (आईएचसी) परिसरबाट गिरफ्तार गरिएको थियो ।
भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि गत मे ९ मा देशभर भड्किएको दङ्गासँग सम्बन्धित थुप्रै मुद्दामा इमरानविरुद्ध मुद्दा दायर गरिएको थियो । रावलपिण्डीमा दर्ता भएका उजुरीहरूमा जनरल हेडक्वार्टर (जीएचक्यू) को गेटमा आक्रमण, संवेदनशील संस्थाको कार्यालयमा दङ्गा र अन्य घटनाहरू समावेश छन् ।
उनले मुद्दाको पहिलो सूचना रिपोर्ट (एफआइआर) मा समावेश गरिएका दाबीहरूलाई अस्वीकार गरेका छन् । द एक्सप्रेस ट्रिब्यूनका अनुसार अडियाला जेलबाट रिहा भएपछि पीटीआईका नेता शाह महमुद कुरेशीलाई पञ्जाब प्रहरीले जीएचक्यूमा भएको आक्रमणको आरोपमा पक्राउ गरेको थियो ।
गत बर्षको मे ९ मा भएको हिंसाको अनुसन्धान गरिरहेको उच्चस्तरीय संयुक्त अनुसन्धान टोली (जेआईटी) ले गत वर्षको जुलाईमा पूर्वप्रधानमन्त्री खानलाई जीएचक्यूमा भएको आक्रमणसहित दुई आतङ्कवादी मुद्दामा नामित गर्ने निर्णय गरेको थियो ।
कार्वाहीमा नयाँ धाराहरू समावेश गरिएसँगै पीटीआई प्रमुखलाई हिंसाको योजना बनाएको र उक्साएको आरोप लगाइएको थियो ।
पाकिस्तानमा फेब्रुअरी ८ मा भएको आम निर्वाचनको परिणाम निकै प्रतिक्षित रहेका बेला इमरान खानलाई जमानत दिइएको हो । बिहीबार भएको निर्वाचनको मतगणना जारी छ र पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन) सबैभन्दा ठूलो दलको रूपमा उदाएको छ तर प्रायः पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) द्वारा समर्थित स्वतन्त्र उम्मेदवारहरूभन्दा पछाडि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
अखिल क्रान्तिकारीमा पुराना गुट भत्कियो, नयाँलाई स्थापित गराउन नेताहरूको दौडधुप
-
अध्यादेशको प्रतिरक्षा गर्न एमाले सांसदहरूलाई प्रशिक्षण
-
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत
-
मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’