रोहित पौडेल र देव खनालबिच उत्कृष्ट साझेदारी

काठमाडौँ । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार क्यानडाले दिएको दुई सय ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ३० ओभरको खेल सकिँदासम्म दुई विकेट गुमाएर एक सय ८८ रन बनाएको छ ।
नेपालका लागि कप्तान रोहित पौडेल ५६ रन र चौथो नम्बरमा क्रिज समाल्न आएका यू–१९ राष्ट्रिय टोलीका कप्तान देब खनाल ६६ रन बनाउँदै क्रिजमा छन् । रोहित देवले एक सय २४ रनको साझेदारी गरिसकेका छन् । नेपाललाई जितका लागि एक सय २० बलमा ९७ रन आवश्यक छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको भ्रमणकारी टोली क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ८५ रन बनाएको थियो ।
नेपालले आफ्नो पहिलो विकेटको रुपमा ओपनर ब्याट्सम्यान आसिफ शेखलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान आसिफ शेख १० रन बनाउँदै आउट भएका थिए । उनको विकेट क्यानडाका बलर ईश्वरजोत सोहीले लिएका हुन् । ४.५ ओभरमा उनी आउट हुँदा नेपाली टोलीले ५५ रन बनाएको थियो । आसिफ शेख र अनिल शाहले ओपनिङ विकेटका लागि महत्वपूणर् साझेदारी गरेका थिए ।
नेपालले दोस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान अनिल शाहलाई गुमाएको थियो । उनी अर्धशतक बनाउँदै आउट भएका हुन् । उनको विकेट पनि ईश्वरजोतले लिएका थिए । सोहीले अनिललाई एलबीडब्लूको धरापमा पारेका थिए । पेभेलियन फर्किनुअघि अनिलले केवल २० बलमा तीन छक्का र सात चौकाको मद्दतले ५० रन बनाएका थिए । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा कम बलमा अर्धशतक पुरा गर्ने ब्याट्सम्यान पनि बनेका छन् ।
अनिलले आसिफ शेखको कीर्तिमान तोडेका हुन् । आसिफ शेखले सन् २०२३ को मार्च १३ तारिखमा कीर्तिपुर मैदानमै खेलिएको आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गतको पपुवा न्यू गिनीविरुद्धको खेलमा २१ बलमा अर्धशतक बनाएका थिए । अनिलले भने २० बलमै अर्धशतक पुरा गरेका हुन् । ६.३ ओभरमा अनिल आउट हुँदा नेपालले ६४ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल